About Contact
१५ फाल्गुण २०७७, शनिबार
Close
बिज्ञापन
प्रदेस मन्त्रालयमा कार्यरत कर्मचारी सरुवामा प्रदेस सरकारको सहमति आवश्यक – मन्त्री साह

खोज केन्द्र आइतबार, आश्विन ११, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

प्रदेस मन्त्रालयमा कार्यरत कर्मचारी सरुवामा प्रदेस सरकारको सहमति आवश्यक रहेको प्रदेस २ का  भुमि व्यवस्था कृषि तथा सहकारी  मन्त्री शैलेन्द्र प्रसाद साहले बताएका छन । 

बिना जानकारी संघिय सरकारले अनावयश्क रुपमा गरिरहेको सचिव सरुवाको विरोध गरिरहेका प्रदेश नम्बर दुई  का मन्त्री साहले नया सचिवलाई अवरोध नरहेको स्पष्ट पारेका छन । 

आइतबार प्रदेश नम्बर दुई का भुमि व्यवस्था कृषि तथा सहकारी  मन्त्री साहले कुरा गर्दै भने – मन्त्रालयमा आएको नयाँ सचिव डाक्टर सम्झना कुमारी काफलेलाई आफुले कुनै अवरोध नगरेको  प्रष्टयाए ।

बिना जानकारी जुनसुकै वेला अनावयश्क रुपमा सचिव सरुवा गरेर काम गर्न अवरोध हुने गरेको प्रवृतीको विरोध दुई महिना अगाडि देखि नै गरिरहेको र संघिय सरकारसंग समेत गुनासो गरेको उनले स्मरण गराएका हुन् ।

व्यक्ति होइन प्रवृतीको विरोध गरेको छु, मन्त्री साहले कुराकानी गर्दै  भने – यसरी नै मुख ताकेर बसि रहने हो भने कोहि आएपनि काम गर्न  सक्दैन । प्रक्रिया र प्रवृती सुध्रिए मात्र काम गर्न सकिने र कोहि आएपनि सजिलै काम हुने भएकाले प्रदेश सरकारलाई थाहै नदिई हुने सचिव र कर्मचारीको सरुवाको काम रोक्न सक्नु पर्ने मन्त्री साहले जानकारी दिए।।

मन्त्रालय स्रोत का  अनुसार नयाँ आएकी सचिव डा. काफ्लेलाई समेत मन्त्रीले अनावयश्क सरुवाको विरोध गरिरहेकाले आफुलाई अवरोध हुनसक्ने जानकारी थिए। 

 तर सचिव डा.सम्झना काफ्ले  एकपटक हेरौं न त भन्दै श्रीमान, र छोरी संगै जनकपुरधाम आइन र मन्त्रालय प्रवेश गर्न खोजिन तर त्यो मन्त्रालयमा बिनाकारण  अहिले सम्म ६ वटा  सचिव को  सरुवाभएको  विरोध स्वयम मन्त्रीवाट नै भइरहेकाले उनलाई अवरोध भएपछि  सचिव काफ्ले र उनका  श्रीमान् ले केहि पत्रकारहरुलाई प्रयोग गरि मेडियावाजीमा उत्रेका छन् ।

संघ सरकारको दुष्प्रयासको एउटा दुर्भाग्यपूर्ण उदाहरण प्रदेश २ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा पछिल्ला तीन वर्षमा ६ जना सचिवको पदस्थापन  मन्त्री साहको आपत्ति रहेको छ।

 प्रदेश सरकारको शासकीय शक्ति परिचालन, स्वतन्त्र निर्णय कार्यान्वयन र अवसर उपलब्धतालाई क्रमिक रूपमा संकुचित बनाउँदै तेजोबध गर्ने संघ सरकारको दुष्प्रयासको एउटा दुर्भाग्यपूर्ण उदाहरण निश्चित अवधि बित्न नपाउँदै सचिवहरूको हठात् सरुवा गरिरहनु भएका मन्त्री साहले बताए ।

सम्बन्धित

ताजा अपडेट
बिकासको लहर: मन्त्री महतोद्वारा एकै दिन धनुषामा ५ पुल शिलान्यास
संसद् पुनः स्थापना संगै प्रचण्ड–माधव बेचैन, ओली–देउवा शान्त
हामी प्रधानमन्त्री ओली कै युवा हौँ – युवा नेता झा

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]