About Contact
१४ कार्तिक २०७७, शुक्रबार
Close
बिज्ञापन
कंगोको शान्ति मिसनमा गएका सैनिक जवान कुटिए, सुरु भयो कोर्ट अफ इन्क्वायरी

खोज केन्द्र शनिबार, आश्विन १०, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

काठमाडौं । संयुक्त राष्ट्र संघकाे शान्ति मिसनमा गएका सैनिकहरू अशान्त भइदिँदा बिरानो मुलुक कंगोमा सैनिक जवानहरू आफ्नै कमान्डरबाट निर्घात कुटिएका छन् । 

कंगो मिसनमा खटिएका नेपाली सेनाका जवान सहसेनानीबाट निर्घात कुटिएका हुन् । कुटिएकामध्ये एक सेनाको शरीरमा गम्भीर नीलडाम छ । 

ज्वाला गणबाट कंगोको शान्ति मिसनमा गएका सैनिक जवान नवराज माझी ०७७ असोज ८ गते राति ३ सहसेनानीबाट निर्घात कुटिएका हुन् । विदेशी भूमिमा आफ्नै सैनिक कुटेर बहादुरी देखाउने ३ सहसेनानी हुन्– इन्द्र थापा, सुभास हुमागाई र योगेन्द्र धिताल । कुटिएका माझीको शरीरमा गहिरो नीलडाम भए पनि कुटिएका अन्य सैनिक जवानहरूमा भने त्यस्तो नदेखिएको स्रोतले जनाएको छ ।

प्राप्त तस्वीरमा यातना पाएका एक सैनिक जवान रोइरहेको देख्न सकिन्छ । 

मदिरा सेवन गरेका सहसेनानीले मात्तिएर सैनिक जवानमाथि आक्रमण गरेको बताइएको छ । तर सैनिक जंगी अड्डामा भने सैनिक जवानहरूले होहल्ला गर्दा वादविवाद भएको र नियन्त्रणका क्रममा बलप्रयोग गर्नु परेको रिपोर्ट पुर्याइएको छ । 

सहायक रथी तथा सैनिक प्रवक्ता सन्तोषवल्लब पौड्यालले २०७७ असाेज ८ गते  बिहीबार राति भएको घटनाबारे जानकारी प्राप्त भएको साँघुसँग बताए । सैनिक जवानहरूले होहल्ला गरेर मर्यादा नाघ्दा वादविवाद भएको जानकारी भए पनि छानविनपछि मात्र यथार्थ यकिन हुने उनले जानकारी दिए ।

‘घटनाबारे जानकारी आएको छ । मर्यादा नाघेर होहल्ला गर्दा वावविवाद भएको भन्ने छ । फोटो पनि सार्वजनिक भएको छ । छानबिनपछि मात्र त्यहाँ भएको के हो भनेर यकिनसाथ भन्न सकिन्छ छ,’ कंगोमा सैनिक जवान कुटिएको घटनाबारे साँघुले राखेको जिज्ञासामा प्रवक्ता पौड्यालले भने ।  

सुरु भयो कोर्ट अफ  इन्क्वायरी 

घटनाबारे प्रधानसेनापति पूर्णचन्द्र थापालगायतलाई भोलिपल्ट नै जानकारी गराइएको थियो । यसबारे जानकारी पाएलगत्तै प्रधानसेनापति थापाले अनुसन्धान गर्न निर्देशन दिएका छन् । 

 सैनिक प्रवक्ता पौड्यालका अनुसार, घटनासँग सम्बन्धित व्यक्तिसँग कोर्ट अफ इन्क्वायरी थालिएको छ । कोर्ट अफ  इन्क्वायरीले घटनाबारे छानबिन गरेर प्रतिवेदन दिएपछि सत्यतथ्य बाहिर आउने उनले बताए ।

‘छानबिनले दोषी देखाएका व्यक्तिलाई सैनिक ऐन अनुसार कारबाही हुन्छ,’  प्रवक्ता पौडेलले भने । 

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]