About Contact
२० फाल्गुण २०७७, बिहिबार
Close
बिज्ञापन
जनकपुरधाम: बलात्कृत किशोरीलाई उजुरी गरे मारिदिन्छु भनेर धम्कि दिने यादव पक्राउ

खोज केन्द्र शनिबार, आश्विन १०, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

सामुहिक बलात्कारमा परेकी किशोरीलाई आर्थिक प्रलोभन दिँदै धम्कि दिने व्यक्ति पक्राउ परेका छन् ।

पीडित परिवारलाई १२ लाख रुपैयाँ लिएर घटना मिलाउन दबाब दिएको र नमिले ज्यान मार्ने धम्की दिने धनुषाधाम नगरपालिका–२ धर्मपुरका सत्यनारायण यादवलाई प्रहरीले पक्राउ गरेको हो ।

धनुषाको सबैला नगरपालिका–१२ रघुनाथपुरकी १५ वर्षीया दलित किशोरीको सामूहिक बलात्कारमा संलग्न श्यामसुन्दर यादवलाई बचाउन उनका बुबा सत्यनारायणले पीडित परिवारलाई १२ लाख रुपैयाँ लिएर कारवाही प्रक्रिया अगाडी नबढाउन धम्की दिएका थिए ।

आज पक्राउ परेका यादवलाई हिरासतमा राखि अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रमेश बस्नेतले बताए । पक्राउ परेका यादवले पीडित किशोरीकी आमा बुवालाई गाउँ नजिकैको विद्यालयमा बोलाएर घटना मिलाउन दबाब दिएको बताइएको छ ।

धनुषाको धनुषाधाम नगरपालिका–२ धमौरा पोखरी नजिकै भदौ १ गते बेलुकी करिब ६ बजेर ४५ मिनेटमा धनुषाधाम नगरपालिका–५ नौसयबिघाबाट आफ्नो गाउँ जाँदै गर्दा स्थानीय १०/१५ जना युवाहरुले घेराउ गरि किशोरीसँगै रहेका दुई युवालाई कुटपिट गर्दै सडकमा बन्धक बनाएर किशोरीलाई करिब ३ किलोमिटर पर धान खेतमा लगेर सामूहिक बलात्कार गरेका थिए ।

दिदीको घरबाट आफ्नो दुईजना दाजुसँगै घर गईरहेका बेला दुई वटा मोटरसाईकलमा पिछा गर्दै धरमपुर नजिक पुगेपछि युवतीका दुबै दाजुलाई कुटपिट गरी तिनिहरुले उसको सामूहिक बलात्कार गरेका थिए ।

सम्बन्धित

ताजा अपडेट
यातायात कार्यालय जनकपुरमा प्रहरीको छापा, १५ दलाल पक्राउ
अख्तियारको छापा प्रति स्थानियको शंका, ८ लाख घुस रकम बरामद, घुस लिने अध्यक्ष फरार
घुस लिदै गर्दा बटेश्वर गाउँपालिकामा अख्तियारको छापा, अध्यक्ष फरार, चालक नियन्त्रणमा

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]