About Contact
३० चैत्र २०७७, सोमबार
Close
बिज्ञापन
रौतहटमा दम्पतीकै हत्या गर्ने उदेश्यले आक्रमण: श्रीमतीको हत्या, श्रीमानको अबस्था गम्भीर

खोज केन्द्र शनिबार, आश्विन १०, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

रौतहटमा फेरी एउटा हत्या भएको छ । रौतहटको देवाही गुनाही नगरपालिका वाड नं. ५ टिकुलियामा दम्पतीकै हत्या गर्ने उदेश्यले भएको आक्रमणमा श्रीमतीको हत्या भएको छ भने श्रीमानको अबस्था गम्भीर रहेको छ ।

सोही गाउँका महेश तिवारी दम्पतीमाथि ४ जनाका समुहमा आएका हतियारधारी समुहले खुकुरी र खुडाले आक्रमण गर्दा महेशका पत्नी जगरामी देविको मृत्यु भएको थियो । श्रीमान महेशलाई बचाउन खोज्दा श्रीमती जगरामी देवीको हत्या भएको हो । श्रीमान महेशको टाउको र घाँटीमा चोट लागेको छ । आक्रमणबाट गम्भीर घाइते भएका महेशको भने बिरगञ्जस्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेकोे छ ।

शुक्रवार साँझ देवाही गोनाही नगरपालिका वाड नं.५ का प्रजित मुखिया, सोनालाल मुखिया र बलिराम मुखियासहित ४ जना मिलेर दम्पतीलाई आक्रमण गरेका थिए । प्रजित र सोनालाल दाजुभाई हुन् । घटनामा संलग्नहरु अन्य ३ जनाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक सिद्धिविक्रम शाहले जानकारी दिएका छन् । साँझ साढे ८ बजेको समयमा गाउँमा गफ गरेर बसिरहेको अबस्थामा खुकुरी साथमा आएका समूहले महेशलाई मार्ने धम्की दिएको स्थानियले बताएका छन् ।

आक्रमणकारीले धम्की दिएर गएको आधा घण्टापछि सो समूह फर्केर महेश दम्पतीमाथि आक्रमणमा गरेका थिए । गत असारमा मुखिया परिवार र दुवे परिवार बिच बाटोको निकाश निकाल्ने बारेमा विवाद भएको थियो । सो विवादमा दुवेको तर्फबाट अदालतमा महेश तिवारी साक्षी बनेका थिए । सोही कारणले हत्या भएको हुन सक्ने प्रहरिको प्रारम्भिक निष्कर्ष छ । हत्यामा संलग्न मध्येका स्थानीय बली मुखियालाई पक्राउ गरिएको प्रहरी उपरिक्षक शाहले जानकारी दिएका छन् ।

यस अघि पनि गरुडा नगरपालिका वाड नं. ८ का निरन्जन राम,माधब नारायण नगरपालिका वाड नंं ४ का पुजारी र गडीमाइ नगरपालिका वाड नं. २ का एक महिलाको हत्या भएको थियो ।

सम्बन्धित

ताजा अपडेट
प्रदेस २: एमालेमा गएका चार सांसद पदमुक्त
मिथिला लघुवित्तको सञ्चालकमा मन्दिरा आचार्य निर्वाचित
बन्ने भो सहिद नितु यादव स्मृति भवन, भौतिक मन्त्री सोनलद्वारा शिलान्यास

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]