मगही भाषालाइ उत्थानको लागि मगही भाषाको पहिलो राष्ट्रिय गीत रेकर्ड भएको छ । मगही भाषा तराई क्षेत्रमा बोलिने भाषा हो ।
मगही भाषा बोलिने भएपनी मगही भाषाआफुले भाषा हो भनी चेतना नभएको कारणले गर्दा भाषाको अस्तित्वलाई बचाउनको लागि र जन्तालाइ जगेर्ना गर्ने उदेश्यले राष्ट सेवक कर्मचारी झोटन मेहता मगही भाषाको गीत संगीत क्षेत्रमा निरन्तर काम गर्दै आएका छन ।
मगही भाषा सास्कृती बिराट भएपनी यो पछि परेको कारणले गर्दा यस भाषाको उजागर गीत संगीतले गर्न सकिने र पहिचान गराउन सकिने धार्ना लिएर मेहता मगही भाषाको गीत संगीतमा निरन्तर लागि परेका छ्न । यस अघी मेहताले अनेक गीत संगीतको क्षेत्रमा पनि काम गरि सकेका छ्न ।
त्यस मध्ये २ वटा मगही भाषाको भिडियो सहितको गीत बजारमा ल्याइसकेका छ्न । राष्ट्रिय स्तरमा मगही भाषालाई झल्काउन र मगही भाषालाई पहिचान गराउनका लागि पब्लिक स्पीकर रमेश प्रसाइ र रेश्मी राइ र झोटन मेहताको स्वरमा र झोटन मेहताको शब्द संगीतमा किसान माइ भन्ने बोलको गीत रेकर्ड हुन सफल भएको छ ।
मधेशमा बोल्ने मगही भाषाको यो गीत राष्ट्रिय भावना बोकेके पहिलो गीत हो । जुन भाषालाइ तराईमा ठेठी देहाती ,खिचडी भाषा भन्ने गरिन्थ्यो ।