About Contact
१४ कार्तिक २०७७, शुक्रबार
Close
बिज्ञापन
बाबुरामका नेता उपेन्द्र र राजेन्द्र ! मधेशवादी दलमा पनि पदकै झगडा !

खोज केन्द्र शनिबार, आश्विन १०, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)भित्र पूर्व राजपा समूहको झगडाले गर्दा पार्टी थप भद्रगोल बन्दै गएको थाहा भएको छ । गुट र उपगुटको महासंघ जस्तो बनेको जसपाले केन्द्रीय सदस्य त बनाउन सकेको छैनन् नै संख्या निर्धारण गर्न पनि हम्मेहम्मे परेको स्रोत बताउछ । 

७०१ जनाको केन्द्रीय सदस्यमा जसपाको उपेन्द्र यादव समूहले पाउने ३५० जनाको संख्या र नाममा अहिले कुनै विवाद छैन । तर, उपेन्द्रले नै अर्को समूहमा खेलिदिएपछि थप रडाको सुरु भएको बताइन्छ । पूर्वराजपाबाट पनि ३५० जना केन्द्रीय सदस्य हुने भनिएको छ 

त्यसै अनुसार राजपाका पूर्व गुट अर्थात् ६ समूहमा संख्या बाँडफाँड गर्दा राजकिशोर यादव, अनिल झा र महेन्द्रराय यादव समूहको अडानले बिबाद उत्कर्षमा पुगेको हो । 

महन्थ ठाकुर र राजेन्द्र महतोले आफुहरुले कम संख्या लिन लचिलो हुँदै उनीहरुलाई मनाउने भन्दै संख्या थपिदिएको स्रोत बताउछ । 

त्यसमा पनि चित्त नबुझाएका उनीहरुले अहिलेसम्म  नाम बुझाएका छैनन जसले गर्दा जसपाको केन्द्रीय समिति विस्तार नै रोकिएको छ । जसपाका एक नेता अनिल झा र राजकिशोरले आफ्नो समूहका भन्दै उपेन्द्र यादवका मान्छेहरुलाई केन्द्रीय समितिमा सिफारिश गरेपछि पूर्व राजपाभित्र विवाद उत्पन्न भएको हो । 

पूर्व राजपा सम्बद्ध ती नेताको दावीमा उपेन्द्र यादलले उनीहरुलाई आफ्नो पक्षका नेताहरुलाई सिफारिश गर्न उक्साएका जिकिर छ । त्यसैकारण महन्थ ठाकुुर, राजेन्द्र महतो र शरत सिंह भण्डारी समूहले नाम टुंगो लगाएपछि उनीहरुसँग नाम मागिएको थियो ।

 

राजपाको एकल सूची प्रस्तुत गर्ने सोचमा ठाकुर र महतोले नाम मागेको भए पनि झा र राजकिशोरले सूची दिन नमानेको स्रोत बताउछ । बरु, आफूहरुले एकैचोटी बैठकमा पेश गर्ने भन्दै अडानमा छन् । त्यसैकारण अहिलेसम्म राजपाको पूर्वसमूहमा लफडा भइरहेको छ ।

 

राजकिशोर र अनिलको समूहलाई महन्थ ठाकुर र राजेन्द्र महतोेले सुरुमा २७/२७ जना केन्द्रीय सदस्य भागमा पारिदिएका थिए । उनीहरुले विवाद निकालेपछि ३० जना पु¥याइदिए । त्यसमा पनि पहिलाको केन्द्रीय सदस्यभन्दा बाहिरका र अन्य पार्टी र समूहका व्यक्तिलाई सिफारिश गर्ने भएपछि विवाद चर्किन थालेको जसपाका नेताहरु बताउछन् । 

जसपाले केन्द्रीय समिति मात्रै ७०१ जनाको बनाउदैछ भने संघीय परिषद् मा १ हजार १ सयभन्दा बढी हुनेछन् । संघीय परिषद्को अध्यक्ष भने बाबुराम भट्टराईलाई बनाउने सहमति जुटेको छ । त  अहिले पूर्व प्रधानमन्त्रीकाे हैसियतमा रहेका बाबुराम जसपाको वरियतामा ४ नम्बरमा रहेका छन् । 

संघीय परिषद्को अध्यक्ष बाबुराम भएपनि वरियता फेरबदल हुने कि नहुने टुंगो छैन ।  पूर्व प्रधानमन्त्री तथा सांसद  बाबुराम भट्टराईभन्दा अघि राजेन्द्र महतो महन्थ र उपेन्द्र यादव रहेका छन् । 

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]