नेशनल ईन्जिनियर्स एसोसिएसन नेपाल, धनुषाको अध्यक्षमा दिपक यादव चयन भएका छन । एसोसिएसनको बैठकबाट अध्यक्ष मा यादवलाई चयन गरेका हुन ।
बैठकबाट उपाध्यक्ष मा सुस्वेत कुमार लाभ, जितेन्द्र साह र धिरेन्द्र कुमार यादव चयन भएका छन ।
एसोसिएसनको सचिवमा सुरज कुमार साह, सहसचिवमा गोबिन्द कुमार यादव र अभिषेक ठाकुर, कोषाध्यक्षमा वीना कुमारी यादव, सहकोषाध्यक्षमा प्रविन यादव चयन भएका छन ।
यस्तै एसोसिएसनको सदस्यहरुमा कृष्णा कुमार मन्डल, सर्वजित साह, सुवर्ण साह, प्रेम चन्द्र साह, कमलेश यादव, अशोक महतो, अक्षय साह, राकेश महतो, राकेश कुमार यादव, राम नरेश महतो, अजित कुमार मन्डल सहित ८९ सदस्य समिति रहेको छ ।
नेशनल ईन्जिनियर्स एसोसिएसन ईन्जिनियरहरुको हकहित संगै आमजनताको सेवा र सहयोगमा केन्द्रित भएर काम गर्ने अध्यक्ष यादवले बताए ।