About Contact
०९ मंसिर २०७७, मंगलबार
Close
बिज्ञापन
अंग्रेजी नयाँ वर्षमा कलाकारहरुले जनकपुर तताउने

खोज केन्द्र सोमबार, पौष १४, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

जनकपुर । प्रदेश २ को प्रस्तावित राजधानी तथा धार्मिक नगरी जनकपुरमा अंग्रेजी नयाँ वर्ष २०२० को पूर्वसन्ध्यामा कलाकारहरु जनकपुर तताउने भएका छन् । पर्यटक देखि नेपाली युवा पुस्ता न्यु इयर इभ मनाउन तयारी अवस्थामा रहेको समयमा जनकपुरको रेल्वे स्टेशनमा सांगितिक कार्यक्रमको तयारी पुरा भएको छ ।

खासगरी नयाँ वर्षको पूर्वसन्ध्यामा धार्मिक पर्यटकीय नगरी जनकपुरको रेल्वे स्टेशन प्रांगणमा विभिन्न कार्यक्रम हुँदै छ । आयूशी ईन्टरटेन्टमेन्ट ईभेन्टम्यानेजमेन्ट जनकपुरको आयोजनामा मंगलबार साँझ सांगितिक कार्यक्रम हुने भएको छ । भारतका चर्चित कलाकार सभ्यता गिरी तथा नेपालका यूवराज केशरी, सरोज निरालाले आप्mनो प्रस्तुति दिनेछन् ।

आयूशी ईन्टरटेन्टमेन्ट ईभेन्टम्यानेजमेन्ट जनकपुरका अध्यक्ष तथा मोेडेल पुष्पा यादवका अनुसार न्यु इयर इभका अवसरमा भारत तथा नेपालका दर्जनौं कलाकार, गायक र मोडेलले साँझ सांगितिक प्रस्तुति दिदैंछन् ।

पुसको चिसोमा कलाकारको टिमले जनकपुरको माहोल तलाउने पक्का छ, कार्यक्रमका संयोजक निरज नेपालले बताए । विदेशी पर्यटकदेखि नेपाली सम्म न्यु इयर इभ मनाउँदै नयाँ वर्षलाई स्वागत गर्ने तयारीमा छन् ।

कार्यक्रममा मोेडेल माहि खान, ज्योती साह, शारथी लामा, आयूशा श्रेष्ठ, सन्ध्या मण्डल, समराट ठाकुर, प्रेम सिंह र रामसरोज यादवलले समेत प्रस्तुति दिदैंछ । गायक संजय यादव, रुद्र सिंह विश्वकर्मा, जागेश ठाकुरले माहोल तताउनेछन् ।

सम्बन्धित

ताजा अपडेट
जनकपुरमा मुसहर बालबालिकाहरुलाई न्यानो कपडा वितरण
समाजसेवामा जनकपुरका वडा अध्यक्ष साह, सहयोग जुटाएर श्रध्दालुलाई छठ सामग्री बितरण
नेशनल इन्जिनियर्स एशोसिएसन नेपालको प्रथम प्रादेशिक भेला जनकपुरमा सम्पन्न

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]