About Contact
२० फाल्गुण २०७७, बिहिबार
Close
बिज्ञापन
प्रदेश २: ३२ लाख नक्कली नेपाली रुपियाँ बरामद

खोज केन्द्र बिहिबार, आश्विन ०८, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

बारा प्रहरीले एक महिनामा ३२ लाख नेपाली रुपैयाँ सवारी साधन चेकजाँच गर्ने क्रममा बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले सिम्रौनगढ नगरपालिका वडा नम्वर ९ स्थित बँसवरीया नहरखण्डमा बुधवार नगद १६ लाख १२ हजारसहित दुई जनालाई पक्राउ गरेको हो ।

चोरीको मोबाइल खरिद बिक्री भएको सुचनाको आधारमा चेक जाँच गर्दा बारागढि गाउँपालिका वडा नम्वर ५ सिहासनीका २३ वर्षीय बलिराम चौधरी र छिमेकी राष्ट्र भारत विहार मोतिहारी जिल्ला झरोखरका २७ वर्ष संदिप कुमारको साथमा उक्त रकम बरामद गरिएको प्रहरी उपरिक्षक कृष्ण पंगेनीले जानकारी गराएका छन् ।

सवार दुवै जना सवार रहेको बा. ६४ प ९७०६ नं. को एफ जेढ मोटरसाइकलको खानतलासी गर्दा कुमारले बोकी रहेको पहेलो झोला भित्र रातो प्लास्टिकमा लुकाई राखेको अवस्थामा एक हजारको एक हजार ६ सय १२ थान नक्कली नेपाली नोट बरामद गरिएको उनले बताए ।

पक्राउ परेकाहरुसँग बुझदा निजहरुले उक्त नोटहरु मोबाइल बिक्री गरी प्राप्त भएको र मोबाइल खरिद गर्ने व्यक्तिहरूले उक्त नोटहरू दिई ३० थान मोबाइल लिई फरार भएको बयान दिएको प्रहरी उपरिक्षक पंगेनीले बताएका छन् । बरामद गरिएको नक्कली नोटसहित दुवै जनालाई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । नक्कली नोटहरू दिई मोबाइल लिई भागी फरार रहेका मानिसहरूको खोजतलास गर्ने कार्य तिव्र रुपमा भइरहेको छ

गत भदौ ६ गते महागढीमाई नगरपालिका ७ बेनौली चौकमा सवारी साधन रोकेर चेकजाँच गरेको देखेर मोटरसाइकलमा आएका एक जनाले रातो झोला फालेर भाग्न सफल भएको र फालिएको झोलाबाट १६ लाख नक्कली रकम बरामद गरिएको बाराका प्रहरी उपरीक्षक पगेनीले बताएका छन् ।

झोला भित्र सात सय ६२ थान हजार र १६ सय ७६ थान पाँच सयको गरेर १६ लाख नेपाली रुपैयाँ रहेको उनले बताए । रकम फालेर भाग्ने मानिसलाई खोज तलास गर्ने कार्य शुरु गरिएको पगेनीले बताए । फालिएको रकम तस्करी गर्न वा हुण्डीको हुन सक्ने अनुमाग गरिएको प्रहरीले जनाएको छ । लकडाउनको मौका छोपी नक्कली रकमको कारोवार गर्ने गिरोह सक्रिय रहेको बेला प्रहरीको तैनाथीले गर्दा नक्कली कारोवारीमा हडकंप मचेको छ ।

सम्बन्धित

ताजा अपडेट
यातायात कार्यालय जनकपुरमा प्रहरीको छापा, १५ दलाल पक्राउ
अख्तियारको छापा प्रति स्थानियको शंका, ८ लाख घुस रकम बरामद, घुस लिने अध्यक्ष फरार
घुस लिदै गर्दा बटेश्वर गाउँपालिकामा अख्तियारको छापा, अध्यक्ष फरार, चालक नियन्त्रणमा

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]