About Contact
१४ कार्तिक २०७७, शुक्रबार
Close
बिज्ञापन
जनकपुर: होटल खुल्यो पर्यटक आएन, मासिक डेढ अर्ब घाटा

खोज केन्द्र बुधबार, आश्विन ०७, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

कोरोना महामारीको जोखिम न्यूनीकरण गर्न सरकारले गत चैत ११ देखि देशैभर लकडाउन गरेपछि होटल व्यवसाय ठप्प भयो ।

अर्थतन्त्र चलायमान बनाउन सरकारले गत साउन १५ देखि मापदण्ड पूरा गरी होटल सञ्चालन गर्न अनुमति दिए पनि बढी जनसंख्या भएका सहरका होटल स्थानीय सरकार र जिल्ला प्रशासन कार्यालयले बन्द गराए ।

तर, पछिल्लो समय एक साताबाट होटल व्यवसाय पूर्ण रुपमा खुला छ । होटल क्षेत्रको करिव ९० प्रतिशत कारोबार हिस्सा ओगटेको पर्यटन क्षेत्र, सभा, गोष्ठीजस्ता कार्यक्रम नहुँदा होटल रित्तै छन् ।

स्वास्थ्यसम्बन्धी सुरक्षा मापदण्ड पालना गरेर होटल खोलिए पनि पर्यटक र सामूहिक भेला हुन नसक्दा व्यवसायले गति लिन नसकेको होटल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश २ का अध्यक्ष हीरा गौतम बताउँछन् ।

उनका अनुसार सरकारले आवश्यक सतर्कता अपनाएर होटल खुला गर्न अनुमति दिएपछि अधिकांशले १० प्रतिशत कोठा पाहुनाका लागि छुट्याएका छन् । रेस्टुरेन्ट सेवा पनि दिएकै छन् । तर, पर्यटन क्षेत्र थला रेका कारण होटलमा पाहुनाको उपस्थिति शून्य रहेको उनले जानकारी दिए ।

मासिक डेढ अर्ब घाटा

प्रदेश २ मा साना–ठूला गरी करिब १२ सय होटल सञ्चालनमा छन् । यकिन तथ्यांक नभए पनि विगतमा ती होटलले नाफा गरेको आधारमा व्यवसायीले प्रतिमहिना करिब डेढ अर्ब घाटा बेहोरिरहेका छन् । एक होटललाई मासिक कम्तीमा १ देखि २ लाखसम्म घाटा भइरहेको छ । यो हिसाबले प्रदेश २ का होटल व्यवसायीलाई प्रतिमहिना १ अर्ब ५० लाख घाटा भइरहेको हो ।

खर्च दुई लाख, आम्दानी शून्य

जनकपुरको रामानन्द चोकस्थित होटल सीता प्यालेसलका सञ्चालक जीवनाथ चौधरी होटल सञ्चालन भएको अवस्थामा मासिक ८ देखि १० लाख रुपैयाँसम्म आम्दानी हुँदा ४ देखि ५ लाख रुपैयाँसम्म बचत हुने गरेको स्मरण गर्छन् ।

कोरोनाले होटल पूर्ण रूपमा बन्द भएपछि बचत शून्य हुनुका साथै मासिक रूपमा २ लाख घाटा बेहोर्नु परेको गरेको उनले बताए । होटल खुलेको एक साता पुगे पनि पाहुना नआएको उनको गुनासो छ ।

‘बैंकको ब्याज नै ६ महिनामा ३० लाख रुपैयाँ तिर्नु परेको छ,’ उनले भने, ‘होटल सञ्चालन भए पनि नभए पनि बिजुलीको बिलदेखि कर्मचारीसहित अन्य खर्च हुन्छ ।’

होटलको न्यूनतम बिजुली बिल डिमान्ड शुल्कको आधारमा खर्च हुने गरेको छ । बिजुली खपत भए पनि नभए पनि डिमान्ड शुल्कअनुसार ३० देखि ५० हजार रुपैयाँसम्म न्यूनतम बिल तिर्नुपर्ने उनको भनाइ छ ।

सीताशरण होटल सञ्चालक  साकेत शर्मा पाहुना आइहाल्छन् कि भनेर आंशिक रुपमा खोल्नेबाहेक अरु कुनै काम नभएको बताउँछन् । होटल व्यवसायीले गति लिन अझै ४÷५ महिना लाग्ने उनको अनुमान छ ।

‘होटलको प्रमुख व्यापार नै रुम बिजनेस र ब्यांकेट सञ्चालनमा हुने गरेको छ,’ उनले भने, ‘ठूला होटलको ९० प्रतिशत व्यापारिक हिस्सा ओगटेको यी दुवै क्षेत्र नचलेसम्म अरु १० प्रतिशतका लागि रेस्टुरेन्ट मात्रै सञ्चालन गरेर फाइदा हुँदैन ।’

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]