About Contact
१४ कार्तिक २०७७, शुक्रबार
Close
बिज्ञापन
प्रदेश २: ‘कामचोर’ १२निर्माण कम्पनीलाई सातदिने स्पष्टीकरण

ठेक्का लिने कामै नगर्ने यी हुन् कम्पनी

खोज केन्द्र मंगलबार, आश्विन ०६, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

काठमाडौं। सडक डिभिजन कार्यालय लहानले १२ वटा निर्माण कम्पनीलाई ७ दिनभित्र स्पष्टीकरणको पत्र काटेको छ।

सोमबार सूचना निकालेर निर्माणको सर्तहरु अनुसार प्रगति नगरेको, समयमै काम नगरेको र समयमै कार्य सम्पन्न गर्नेतर्फ कुनै चासो नदेखाएको उल्लेख गरिएको छ।

कार्यालयको सम्पर्कमा समेत नरहेको हुँदा सार्वजनिक खरिद ऐन २०६३ संशोधितसहितको दफा ५९ (७) (८) अनुसार सम्झौता अन्त्य गरि क्षतिपूर्ति समेत असुल उपर गर्न र दफा ६३ अनुसार कालोसूचीमा राख्न नपर्ने कुनै कारण भए ७ (सात) दिनभित्र स्पष्टीकरणसहित स्वयं वा आधिकारिक प्रतिनिधि कार्यालयमा उपस्थित हुन भनिएको छ।

को को हुन ‘कामचोर’ व्यवसायी ?

बज्रगुरु कन्स्ट्रक्सन प्रालिले बरियारपट्टी-विद्यानगर-धनगढी सडक, अयोध्यानगर-दहिपौडी दरिया नेपाल-भारत सीमा सडक जिम्मा लिएर अलपत्र पारेको छ।

बज्रगुरु / विकास जेभीले बनिनियाँ महुरी ट्राफिकचोक सडक जिम्मा पाए पनि काम गरेको छैन। स्काइलाइन कन्स्ट्रक्सन जनकपुरले बन्दीपुर स्कुलदेखि उत्तराइनसम्मको सडक, लोकमार्ग कसहादेखि मुक्सारसम्मको सडक जिम्मा लिएर काम गरेको छैन।

निलगिरि निर्माण सेवाले सुमरी खोला पुल बडहरा मैना कडेरी बरमझिया सडक, मुतनी खोला पुल जिम्मा लिएर काम गरेको छैन। याक्थुह्याङ/विपी कन्स्ट्रक्सन जेभी लहान भुलुवाही खोलामा दुइवटा पुलको जिम्मा लिएर काम गरेको छैन।

प्रकाश/अश्रय जेभी काठमाडौंले घोडदह नदीपुल सखडा फकिरा सडक समयमा काम गरेको छैन। रोशन कन्स्ट्रक्सन प्रालि जनकपुरले घोडदहपुर खोला पुलको जिम्मा लिएर काम गरेको छैन।

त्यस्तै शिवालय टोल हुँदै हाडखोला जानेसडक उदयपुर निर्माणको जिम्मा जोशी कन्स्ट्रक्सन काठमाडौंले जिम्मा लिएर काम गरेको छैन।

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]