३९ तोला चाँदी सहित चोरी अभियोगमा जनकपुरबाट दुई जना पक्राउ परेका छन ।
जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले चोरी अभियोगमा नेतृ रुबि मिश्राका छोरा चन्दन झा र जिबछ यादबलाई पक्राउ गरेको छ
पछिल्लो समय जनकपुरमा चोरीको घटना बृद्वि भएपछि प्रहरीले अनुसन्धानलाई तिब्र पारेको छ । प्रहरी टोलीले जनकपुर उपमहानगरपालिका वडा नं ७ बाट उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
पक्राउ परेका झाले आफ्नै मामा घरबाट चाँदी चोरी गरी महेन्द्रनगरमा बिक्री गरेका थिए । बिक्री गरिएको ३९ तोला चाँदी, मोटरसाईकल र चार थान मोबाईल सहित पक्राउ गरी अनुसन्धान अगाडी बढाएको प्रहरीले जनाएको छ ।