About Contact
१४ कार्तिक २०७७, शुक्रबार
Close
बिज्ञापन
मठ मन्दिर खुल्ला गर्न विश्व हिन्दु महासंघको मांग

खोज केन्द्र मंगलबार, आश्विन ०६, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

विश्व हिन्दु महासंघले प्रेस बिज्ञप्ति जारी सरकारको गैरजिम्मेवार रवैया र हिन्दुहरुको आस्था माथी भईरहेको निरन्तर प्रहार माथी कडा प्रतिक्रिया जनाएको छ । विश्व हिन्दु महासंघका महासचिव अस्मिता भण्डारी द्वारा हस्ताक्षरित उक्त प्रेस-बिज्ञप्तिमा यसो भनिएको छ ।

“संसारको एक मात्रै हिन्दु अधिराज्यको पहिचान भएको हाम्रो देश संसार भरिका हिन्दु ओमकार परिवारको आस्थाको देश बुझ्दाबुझ्दै राजनीति दलका केही नेताहरूले विदेशीको प्रलोभनमा परी धर्मनिरपेक्ष गरि हिन्दु धर्मावलम्बीको भावनामा चोट पु¥याएकोमा धर्मनिरपेक्षताका विरुद्धमा सम्पूर्ण हिन्दु ओमकार परिवार एकजुट रहेका छौं ।

हाल कोभिड १९ को कारण लामो समयसम्म लकडाउन र निषेधाज्ञा गरी सम्पूर्ण मठ, मन्दिर, देवस्थलहरू बन्द गरिएको छन् भने हाम्रो जस्तो बहुभाषिक, बहुजातीय, बहुसांस्कृतिक मुलुकमा सम्पन्न हँुदै आएका परम्परागत देवी देवताका जात्रा पूजाहरू समेत रोक्ने प्रयास नेपाल सरकारबाट गरिँदै आएकोमा हाम्रो आपत्ति रहेको छ । असोज १ गतेदेखि बजार, यातायात तथा सम्पूर्ण कारोबारहरू खुल्ला गरे तापनि आराध्यदेव भगवान् श्रीपशुपतिनाथ, माता जानकीलगायत विभिन्न शक्तिपीठहरू, सम्पूर्ण मठ मन्दिर, गुम्बा, चैत्य, बिहार तथा सम्पूर्ण देवस्थलहरूमा सहज र सुरक्षित दर्शनका लागि तत्काल खुल्ला गर्न÷गराउन नेपाल सरकारलाई अनुरोध गर्दछौँ । 

यसै सन्दर्भमा राष्ट्र निर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहले दैवी शक्तिको स्रोतबाट नेपाल राष्ट्र एकीकरणको शक्ति आर्जन गरिबक्सेको तथ्यगत मान्यताअनुसार कोतमा रहेका हातहतियार र निशानको पूजा, फूलपाती, महाअष्टमीका दिन कालरात्री पूजा हर्षाेल्लास र भव्यताका साथमा सुसम्पन्न गर्ने परम्परा रहिआएको छ । तर, नेपाल सरकारले कोभिड १९को कारणबाट नवरात्रीका पूजाहरूमा रोक लगाउने बुझिएको छ । अतः कारणवस राष्ट्रको मौलिक पूजाआजा, जात्रा आदि रोकिएमा क्षमा पूजा गर्ने परम्परा रहेकाले यसपटक सम्बन्धित पक्षले देवी भगवतीसँग प्रार्थना तथा क्षमा पूजा गरी आफ्नो देशको रितिरिवाज, संस्कृति र परम्परालाई संरक्षण गरोेस् भन्ने माग गर्दै ८४ प्रतिशत भन्दा धेरै हिन्दु र ९४ प्रतिशत भन्दा धेरै ओमकार परिवारको भावनाको कदर गर्दै अगाडि बढ्नका निम्ति नेपाल सरकारको ध्यानाकर्षण गराउँदछौँ ।”

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]