About Contact
१४ मंसिर २०७७, आइतबार
Close
बिज्ञापन
धनुषाको हँसपुर नगरपालिकाको ९ तत्कालीन राजपाका खम्बा मानिएका कांग्रेसमा प्रवेश

खोज केन्द्र सोमबार, आश्विन ०५, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

धनुषाको हँसपुर नगरपालिका वडा नं ९ मोरहमा विभिन्न पार्टी परित्याग दुई दर्जन नेताकार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

आइतबार नेपाली कांग्रेसले आयोजना गरेको वडास्तरीय कार्यकर्ता भेटघाट समारोहबीच जसपा र नेकपाका परित्याग गरी दुई दर्जन नेता नेपाली कांग्रेसमा प्रवेश गरेको हो ।

जसपा र नेकपाका भित्र भ्रष्टाचार र बेथिति हावी भएको छ पार्टीका नेताहरूले ब्यक्तिगत स्वार्थमा लिप्त भएको भन्दै मधेसी जनता हितमा काम गर्ने सच्चा पार्टी कांग्रेसनै रहेको भन्दै कांग्रेसमा प्रवेश गरेको हो ।

नगरपालिका मधेसवादी दलकै सरकार भएपनि नगरवासीको लागि कुनै ठोस काम अहिलेसम्म नगरेको गुनासो गर्दै यस्ता नगर प्रमुखको समर्थन गर्नु भन्दा राम्रो कांग्रेसलाईनै समर्थन नगरबासीको हितमा हुन्छ भन्दै कांग्रेसमा प्रवेश गरिएको हो ।

मनोज पासवान,इश्वर पासवान,सरोज पासवान,रामपुकार पासवान,विवेक मंडल,सम्भु पासवान,रमेश मंडल,सरोज मंडल,सन्तोष मंडल,करण मंडल,नागेन्द्र मंडल,जिवछ मंडल,रामन्दी मंडल,लक्ष्मी मंडल,सुनिल मंडल,दिपक मंडल,समीर नदाफ,समीम नदाफ,कृष्णा मंडल,भागरथ मंडल,चन्देश्वर मंडल र फिरोज नदाफ कांग्रेसमा प्रवेश गरेको हो ।

नव प्रवेशी कार्यकर्ताहरुलाई पुर्व कृषिमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य राम कृष्ण यादव,पुर्व सांसद दिने प्रसैला यादव नेपाली कांग्रेसबाट मेयरको प्रत्याशी उम्मेदवार प्रदीप यादवले उनीहरूलाई अबिर माला लगाएर पार्टीमा भित्र्याएको हो ।

मेयर मंडलले बिकासको नाममा लुट मच्चाएको छ कमिसन खाएर गुणस्तरहीन काम गराउने दोस्रो नगरसभा मार्फत सम्पन्न गराएको योजनाको भुक्तानी अहिलेसम्म नदिएर उपभोक्ता समितिहरुलाई समेत दुख दिएको आरोप अधिकांश नव प्रवेशीहरुले लगाएको थिए ।

मेयर मंडलमा न राजनीतिक गुण छ न समाजिक क्षेत्रमा केहि कार्यको गरेको अनुभव मधेसमा संविधानको लागि आन्दोलन चलिरहेकोबेला एक्कासि एजेन्टी पेशाबाट राजनीतिकमा प्रवेश गरि स्थानीय चुनाव राजपबाट उम्मेदवारी दिएर निर्वाचित हुन सफल भएका थिए तर चुनावी प्रक्रियामा सफल भएपनि यो तीन सालको अवधिमै नगरबासीको नजरमा असफल भैसकेको नव प्रवेशी चन्देश्वर मंडलले आरोप लगाए

उनले थपे” नगर प्रमुखको पछिल्लो एजेन्टी पेशा पनि त्यस्तै झुठफुस बोल्ने रहेका होला नगर प्रमुखको भएरपनि आफ्नो कर्तव्य नबुझेको हुन् की ?

स्थानीय निर्वाचन भएको बीस वर्षपछि जनताले निर्वाचनमा जुन आशा र भरोसाका मतदान गरेका थिए त्यसलाई हँसपुर नगरपालिकाको मेयर रामज्ञान मंडलले नगरबासीको आशा भरोसालाई छ महिनासम्म टिकानउन सकेनन् उनले कहिले नगरपालिकामा बाटोघाटो, स्कुल अस्पताललाई प्राथमिकतामा राखिएन कमिसन कसरी हुने पैसा कसरी कमाउने त्यसलाई प्राथमिकता राखेर काम गरिरहेको आरोप मेयरकका प्रत्याशी उम्मेदवार प्रदिप यादवले लगाए ।

उनले भने “सुरुमा जनप्रतिनिधिहरुले कमिसनकै रकम बाँडफाँडको लागि लडे त्यसपछि नगरपालिकाको कार्यलय सार्ने विषयमा त यहाँसम्म की प्रमुख र उप प्रमुखको लडाइँ बीच एक जनाको ज्यान गुमाउन परेका थिए त्यही विषयमा एकाअर्कामाथि अदालतमा मुद्दा हालेर दुबैलाई नेपालबाट भागेर भारतमा बस्नुपर्ने स्थिति समेत आएको थियो जनप्रतिनिधिले आफ्नो कर्तव्यलाई बुझेर नगरपालिकाको उन्नतिप्रगतिमा लाग्ने की एकाअर्कामाथि आरोपप्रत्यारोप लगाएर समय खेर फाल्ने प्रश्न समेत गरे”

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]