About Contact
१४ कार्तिक २०७७, शुक्रबार
Close
बिज्ञापन
आज देखि नेपाल भित्र हवाई उडान सुरु

खोज केन्द्र सोमबार, आश्विन ०५, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

कोभिड–१९ का कारण बन्द भएको ६ महिनापछि आजबाट देशभरका विमानस्थलमा आन्तरिक उडान सुरु हुने भएको छ । सरकारले ११ चैतदेखि बन्द गरेको आन्तरिक उडान ५ असोजबाट खुलाउने निर्णय गरेको थियो ।

सुरुमा सामान्य अवस्थाको २५ प्रतिशत मात्रै उडान हुने नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजनले पोखरेलले बताए । उनका अनुसार सुरुका दिनमा ३६ देखि ४० उडान हुनेछ ।

स्वास्थ्य मापदण्ड पूरा गर्नका लागि विमानस्थलभित्रको प्रक्रिया भने कम्तीमा एक घन्टा लम्बिएको छ । अब विगतमा एक घन्टाअगाडि विमानस्थल जानुपर्ने यात्रु दुई घन्टाअगाडि जानुपर्ने व्यवस्था गरिएको छ । नेपाल वायुसेवा निगमले सातामा १० आन्तरिक उडान गर्ने भएको छ ।

बुद्ध एयरले सोमबारबाट हवाई यात्रामा लागू हुने नियमलाई ‘पास मोडल’का रूपमा व्याख्या गरेको छ । पास (पिएएसएस) अर्थात् प्यासेन्जर, एयरपोर्ट, एयरक्राफ्ट र स्टाफ भनेको छ । प्रोटोकलमा सबै यात्रुले मास्क लगाई हात स्यानिटाइज गर्नुपर्ने व्यवस्था छ ।

विमानस्थलभित्र कम्तीमा १ मिटरको भौतिक दूरी कायम गर्नुपर्ने व्यवस्था गरिएको छ । इ–टिकेटबाट मात्रै चेकइन हुनेछ । सबै यात्रुका लागि विमानस्थलमा दोहोरो तापक्रम चेकजाँच र स्यानिटाइजरको व्यवस्था गरिएको छ । 

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]