जिल्ला प्रहरी कार्यालय बाराले १० लाख मुल्य बराबरको अवैध सामाग्री बरामद गरेको छ ।
प्रहरीले बारा जिल्लाको विभिन्न स्थानबाट १० लाख मुल्य बराबरको प्याज, युरिया मल लगायतका सामाग्री बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको गस्ति टोलिले असोज ३ गते दिउँसो १ बजेको समयमा आदर्शकोतवाल गाउँपालिका वडा नम्बर ६ पटेर्वा टोलस्थित सडक खण्डमा भारतबाट भन्सार छलि चोरी पैठारी गरी नेपाल भित्र्याएको भारतीय विआर ०५ जीवि २२०६ नम्बरको ट्रयाक्टर नियन्त्रणमा लिएको छ । ट्रयाक्टर आठ लाख रुपैयाँ बराबरको रहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी बारा प्रहरीले १६ हजार ८ सय बराबरको २१ युरिया मल, ८२ हजार २ सय ५० रुपैया बराबरको ६ बोरामा रहेको २ सय ४५ केजी प्याज, ९९ हजार ५० रुपैया बराबरको प्याज लोड गर्न प्रयोग गरिएको २ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ ।
बरामद सामाग्री भन्सार ऐन अनुसार आवश्यक कारवाहीको लागि भन्सार कार्यालय वीरगंजमा बुझाइएको प्रहरीले जनाएको छ ।