About Contact
०१ जेठ २०७८, शनिबार
Close
बिज्ञापन
१ सय ४० दिन पछि जानकी मन्दिर पूजापाठका लागि खुल्ला

खोज केन्द्र आइतबार, आश्विन ०४, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

कोरोना महामारीका कारणले गत १ सय ४० दिनदेखि बन्द रहेको हिन्दुहरूको आस्थाको केन्द्रको रूपमा रहेको जनकपुरधामको जानकी मन्दिर पूजापाठका लागि खुल्ला गरिएको छ ।

महामारी नियन्त्रण तथा रोकथामका लागि घोषणा गरिएको लकडाउन अवधिमा मन्दिरको मूल ढोका बन्द रहको थियो । बीचमा असार ३ गते दूईदिनका लागि खोलिएको थियो तर संक्रमणलाई देखिएपछि फेरी बन्द गराइएको थियो ।

गत चैत्र १५ गते देखि जानकी मन्दिरको मूल ढोका लगातार बन्द गरिएकोमा अहिले खुल्ला गर्ने काम भएको जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले जानकारी दिए । सामाजिक जुरी कायम राखेर पूजा पाठ गर्नुपर्ने छ । लकडाउनकै समयमै रामनवमी, जानकी नवमी, झुला उत्सव भएको थियो ।

जानकी मन्दिर स्थापना भएको पाँच सय वर्षको इतिहासमा पहिलो पटक मूल ढोका ८१ दिनसम्म लगातार बन्द रहेको र २ दिन बीचमा खोलेर फेरी लगातार बन्द गरिएको जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले वताए ।

मन्दिरका संस्थापक महन्थ सुरकिशोर दास वैष्णवले स्थापना गरेको जानकी मन्दिर सुरुमा सानो आकारको भए पनि भारतका टिकमगढका महारानी बृषभानु कुमारीले एक सय २६ वर्ष अगाडी तत्कालीन ९ लाख असर्फी मुद्रामा अहिलेको जानकी मन्दिरको विशाल मन्दिरको निर्माण गराएका थिए ।

विश्वका हिन्दुहरूका लागि आस्थाको केन्द्रको रूपमा रहेको जानकी मन्दिर खुले पनि भक्तजनहरू कमै मात्रामा पूजा पाठका लागि आउने गरेका छन् । मन्दिरमा आउने भक्तजनहरू प्रायः स्थानीय नै रहेको उत्तराधिकारी महन्थ दासले जानकारी दिए ।

लकडाउन अवधिभरिमा मन्दिरको मूल ढोका बन्द रहे पनि भित्र पूजारी तथा महन्थहरुले परम्परागत रूपमा चल्दै आएको पद्धतिद्वारा नियमित रूपमा पूजापाठ आयोजना गर्दै आएका थिए ।

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]