नेपालको संविधान जारी भएको दिनलाई जनकपुरमा स्वागत र बिरोध देखिएको छ । जनकपुरका युवाहरुले संबिधान दिवसको रुपमा धूमधाम का साथ मनाएका छन भने जसपाले कालो दिनको रुपमा बिरोध प्रदर्शन गरेका छन ।
युवाहरुले संबिधान दिवसलाई राष्ट्रको गौरव भन्दै जनकपुरको जानकी चौकमा भब्य रुपमा मनाएको नेकपाका युवा नेता संजिव झाले बताए ।
यता जसपाको केन्द्रिय पदाधिकारी बैठकको निर्णय बमोजिम जसपा धनुषाले नेपालमा संविधान जारी भएको दिनमा विरोध स्वरूप संविधान अपूर्ण रहेको भन्दै विरोध कार्यक्रम गरेको हो ।
जसपाले संविधानले मधेसीलाई केही अधिकार मात्र दिएको बताएको छ ।