About Contact
१४ कार्तिक २०७७, शुक्रबार
Close
बिज्ञापन
नयाँ रेल : दशैंसम्ममा सञ्चालन गर्ने तयारी

खोज केन्द्र शनिबार, आश्विन ०३, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

बहुप्रतिक्षित जनकपुर–जयनगर रुटमा सञ्चालन हुने नेपालको राष्ट्रिय झण्डाको रङ्ग रातो, निलो र सेतो पेन्ट गरिएको रेल शुक्रवार जनकपुरधाम आइपुगेपछि भारतीय रेल निर्माण कम्पनीले नेपाल रेल विभाग तथा नेपाल रेल्वे कम्पनी लिमिटेडका अधिकारीलाई हस्तान्तरण गरेको छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईको प्रमुख आतिथ्यमा निर्माण कम्पनीले नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईलाई हस्तान्तरण गरेको हो । कोंकड रेल्वे कर्पोरेशन लिमिटेडका मेकानिकल चिफ दीपक त्रिपाठीले नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईलाई रेल हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरणपछि नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक भट्टराईले कोरोना महामारीको जोखिम कम भए जनकपुर–जयनगर–कुर्था रेल सेवा दशैंसम्ममा सञ्चालन गर्ने तयारी रहेको बताए । उनले जनशक्तिका लागि आवश्यक प्रक्रिया अघि बढाइसकिएकाले चाँडै रेल सञ्चालन हुने बताए ।

पहिलो चरणमा भारतको जयनगरदेखि जनकपुरधामको कुर्थासम्म ३५ किलोमिटर रेल सञ्चालनका निम्ति सम्पूर्ण संरचना तयारी भएको छ ।

रेल सञ्चालनका लागि रेल विभागले कर्मचारी भर्ना आह्वान गरेको छ । कर्मचारी भर्ना भएलगतै जयनगरदेखि जनकपुरको कुर्थासम्म ३५ किलोमिटर रेल सेवा सञ्चालन हुने छ । महोत्तरीको भंगहादेखि बर्दिवाससम्ममा १७ किलोमिटरमा जग्गा अधिग्रहणको कामकाज भइरहेको छ ।

डिजेल तथा विद्युतबाट चल्न मिल्ने सो रेल नेपालको झण्डासहित चाँडै सञ्चालन हुने रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए ।

मन्त्रीपरिषद्को विसं २०७५ चैत ४ गतेको निर्णयानुसार जयनगरदेखि बर्दिबासम्म सञ्चालन गर्न दुईसेट रेल खरीद गर्ने गरेर रेल विभागले भारतीय कोंकड रेल्वे कर्पोरेशनसँग सम्झौता गरेको थियो । जिटुजीमार्फत भ्याट बाहेक रू. ८३ करोड ९३ लाख ६० हजारमा खरीद गरिएको रेल एक पटकमा १ हजार ३०० यात्री बोक्ने क्षमता रहेको एउटा रेल सेट प्रतिघण्टा ११० किलोमिटर यात्रा तय गर्नेछ ।

नेपाल सरकारले खरीद गरेको सो रेल भारतको कोंकड कम्पनीले निर्माण गरेका दुई सेट रेलमा आठ ओटा वोगी तथा दुई ईञ्जिन रहेका छन् । यसमा एक सेट रेलमा एक ओटा वातानुकूलित बोगी तथा तीन–तीनसामान्य बोगी रहेका छन् ।

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]