संविधान दिवस अवसरमा शनिवार सैनिक मञ्च टुुँडिखेल, काठमाडौंमा आयोजित विशेष समारोह गरि मनाइएको छ । कोरोना महामारीका कारण विगतका वर्षझैं यस वर्ष भने भव्यताका साथ संविधान दिवस मनाइएन ।
उक्त अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री, अन्य मन्त्री तथा उच्चपदस्थ अधिकारीहरुको सहभागिता रहेको थियो ।
सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र, निरङकुशतन्त्रको विकल्प र विधिको शासन भएको बताउनुभयो । उहाँले देशबासीका नाममा सम्बोधन गर्दै लोकतन्त्र निरङकुशतन्त्रको विकल्प हो भन्दै लोकतन्त्र विधिको शासन भएकाले मर्यादित र अनुशासित प्रणाली भएको पनि बताउनुभयो ।
यसैगरी राष्ट्रपति विद्यादेवी भण्डारीले सलामी ग्रहण गर्नुभयो ।
सो अवसरमा नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गरिनुका साथै संविधान दिवसको सन्देश प्रचार गरिएको थियो । विगतका वर्षमा साँस्कृतिक कार्यक्रम गरी भव्यताका साथ संविधान दिवस मनाइने गरिन्थ्यो ।
दोस्रो संविधान सभाले विसं २०७२ असोज ३ गते नेपालको संविधान जारी गरेको थियो । संविधान जारी भएको यतिका समय वितिसक्दा पनि जनअपेक्षाअनुसार काम भएन भनेर यतिखेर सामाजिक सञ्जाल लगायत जनस्तरबाट आलोचना भइरहेको छ ।
संविधानले सुशासनको कुरा गरे पनि भ्रष्टाचार बढेको छ । बेरोजगारी बढेको छ ।संविधानको मर्म र जनअपेक्षा अनुसार काम गर्नुपर्ने माग सवैपक्षबाट आइरहेको अवस्थामा अवपनि ध्यान नदिने हो भने चाँडै संविधान र व्यवस्थासँग निराश हुने खतरा बढेको छ ।