About Contact
०६ आश्विन २०७७, मंगलबार
Close
बिज्ञापन
प्रदेश २: पिसिआर मेसिन खरिदमा ब्यापक भ्रष्टाचार भएको भन्दै अख्तियारद्वारा अनुसन्धान सुरु

खोज केन्द्र मंगलबार, भाद्र ३०, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

नेपालमा दैनिक बढिरहेको कोरोना संक्रमणबाट आफ्ना नागरिकलाई बचाउन सरकारले ध्यान कोरोना उपचार रोकथाममा केन्द्रित गरेको छ ।

पछिल्लो तथ्यांकअनुसार नेपालमा ५५ हजार ३२९ जना संक्रमित देखिएका छन् । त्यसमध्ये ३९ हजार ५७६ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने मृत्यु हुनेको संख्या ३६० पुगेको छ ।

स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस संक्रमितको तथ्यांक संकलन गर्न देशैँका सबै जिल्ला अस्पतालहरुमा पिसिरआर मेसिन खरिदका लागि बजेट छुट्याएको छ । जिल्ला अस्पतालहरुले धमाधम पिसिआर मेसिन खरिद प्रक्रिया अगाडि बढाएको छ ।

पिसिआर मेसिन खरिद गर्न जिल्ला अस्पतालहरुले टेण्डर आह्वान समेत गरेका छन् । तर, पिसिआर मेसिन खरिदमा समेत व्यापक भ्रष्टाचार भएको छ । कलैया उपमहानगरपालिकाले सबैभन्दा बढी मूल्य अंकित गर्ने वायोमेट इन्टरनेशनल प्रालिसँग पिसिआर मेसिन खरिद गर्ने सम्झौता गरेपछि उक्त खरिद प्रक्रियाका बारेमा अख्तियार अनुसन्धान आयोगमा मुद्वा परेको छ ।

समाचार सुत्रका अनुसार मेयर राजेश यादव आफ्नो छोराको उपचारका सिलसिलामा काठमाडौं आएको मौका छोपी स्वास्थ्य अधिकृत प्रेमचन्द जैसवालले उक्त ठेक्काको सम्झौता गरेका थिए ।

सम्बन्धित

ताजा अपडेट
प्रदेश २: ‘कामचोर’ १२निर्माण कम्पनीलाई सातदिने स्पष्टीकरण
पिजि सिईई खारेज गर्न मधेशी चिकित्सक संघको मांग
३९ तोला चाँदी सहित चोरी अभियोगमा जनकपुरबाट दुई जना पक्राउ

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]