About Contact
११ मंसिर २०७७, बिहिबार
Close
बिज्ञापन
मन्त्रीको अग्रपंतिमा उपाध्यक्ष वामदेव गौतम

खोज केन्द्र मंगलबार, भाद्र ३०, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

०७७ असार १६ गतेबाट सुरु भएको विवादलाई यही भदौ २७ गते बसेको स्थायी समिति बैठकले निरूपण गरेपछि अहिले नियोजित रूपमा पार्टी उपाध्यक्ष वामदेव गौतमलाई लिएर कृृत्रिम विवाद र बहस खडा गर्ने काम नेपाल कम्युनिस्ट पार्टी भित्र र बाहिरसमेत भइराखेको छ । नेकपा उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा रिक्त स्थानमा मनोनयन गरी वर्तमान मन्त्रिपरिषद्मा समेत सामेल गर्ने गृहकार्य नेकपाको नेतृत्व तहले गरिरहँदा पार्टीभित्र र पार्टी बाहिरसमेत उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभासँगै वर्तमान मन्त्रिपरिषद्मा समेत नलैजाने वातावरण बनाउनका लागि विभिन्न किसिमको षड्यन्त्र र कुप्रचार भइराखेको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रियसभामा राष्ट्रपतिले मनोनित गर्ने रिक्त एक सिटमा उपाध्यक्ष वामदेव गौतमलाई गरेको सिफारिसलाई संविधानविपरीत भनेर उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा नलैजानका लागि अवरोध खडा गर्ने काम भइराखेको छ । यसैगरी, प्रतिनिधिसभाको निर्वाचनमा पराजित भएको कारण उल्लेख गर्दै यही आधारमा प्रतिनिधिसभाको यो कार्यकालभरि वामदेव गौतम मन्त्री हुन अयोग्य रहेको कुतर्क पनि अगाडि सारिएको छ ।

वास्तवमा उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभासँगै वर्तमान मन्त्रिपरिषद्मा समावेश भएमा नेपाल कम्युनिस्ट पार्टीको सांगठनिक स्थिति र कार्यक्षमतामा व्यापक परिवर्तन हुनसक्ने सम्भावना छ । यही कारण जसरी पनि गौतमलाई रोक्नका लागि षड्यन्त्र भइराखेको छ । सम्पन्न आमनिर्वाचनमा बर्दियाबाट थोरै मतले षड्यन्त्रपूर्वक पराजित भएका उपाध्यक्ष गौतमको राजनीतिमा भूमिका कम छैन । ०७७ असारको १० गतेबाट सुरु भएको नेकपाको स्थायी समिति बैठकमा उत्पन्न भएको विवाद समाधानतिर जाने वातावरण पनि उपाध्यक्ष गौतमले ०७७ साउन १९ गते पेश गरेको ६ बुँदे सहमतिको सूत्रले गरेको थियो ।

अहिले नेकपामा देखिएको अध्यक्ष केपी ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपाल गुटको निम्ति सर्वस्वीकार्य नेताको रूपमा उपाध्यक्ष वामदेव गौतम मात्र देखिएका छन् । यो स्थितिमा वामदेव गौतम राष्ट्रियसभा हुँदै मन्त्रिपरिषद्मा समावेश हुँदा मन्त्रिपरिषद्ले समेत गति लिने स्थिति बन्नेछ । यसैगरी उपाध्यक्षको हैसियतले गौतमले पार्टी संगठनमा समेत प्रभावकारी भूमिका निर्वाह गर्ने अवस्था आउने छ । आगामी चैतको अन्तिम साता एकताको महाधिवेशन सम्पन्न भएसँगै नेकपासँगै अन्य राजनीतिक दलसमेत स्थानीय निर्वाचनको तयारीमा लाग्नुपर्ने हुन्छ । लगभग डेढ वर्ष पछि स्थानीय निर्वाचन हुनेछ र आगामी स्थानीय निर्वाचनमा नेकपाका लागि उपाध्यक्ष गौतमको नेतृत्वदायी भूमिका आवश्यक पर्नेछ ।

 

स्मरणरहोस्, ०५४ सालमा सम्पन्न भएको स्थानीय निर्वाचन तत्कालीन नेकपा एमालेले वामदेव गौतमको नेतृत्वमा लड्दा अपार सफलता प्राप्त गरेको थियो । उपाध्यक्ष गौतमको सांगठनिक क्षमताका कारणले गर्दा तत्कालीन नेकपा एमाले ०५४ को स्थानीय निर्वाचनमा त्यो सफलता प्राप्त गरेको हो । राष्ट्रियसभा हुँदै वर्तमान मन्त्रिपरिषद्मा समावेश भएको अवस्थामा पार्टी उपाध्यक्ष वामदेव गौतमले ०५४ सालमा सम्पन्न भएको स्थानीय निर्वाचनको परिणामलाई आगामी स्थानीय निर्वाचनमा पनि दोहो¥याउने स्थिति छ । किनभने, निर्वाचनमा पार्टी पंक्तिलाई कसरी परिचालन गर्नुपर्छ भन्ने कुरामा र कार्यकर्तालाई कसरी सक्रिय गराउनुपर्छ भन्नेमा उपाध्यक्ष गौतमको विशेष दक्षता छ ।

यही कारणले गर्दा पनि वर्तमान मन्त्रिपरिषद्सँगै राष्ट्रियसभामा समेत गौतमलाई समावेश नगर्नका लागि नियोजित रूपमा षड्यन्त्र भइराखेको छ । तर यो षड्यन्त्र सफल हुने सम्भावना भने छैन । किनभने, प्रधानमन्त्री ओलीसँगै पार्टी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपालसमेतले राष्ट्रियसभा र वर्तमान मन्त्रिपरिषद्मा उपाध्यक्ष गौतमको टड्कारो आवश्यकता महसुस गरिराखेका छन् । र, आगामी दिनमा पार्टीमा उत्पन्न हुनसक्ने विवादलाई सर्वसम्मतिबाट समाधान गर्नका लागि उपाध्यक्ष गौतमको आवश्यकता पर्ने वास्तविकतालाई लगभग साढे दुई महिनासम्म चलेको विवादको समाधानका सम्बन्धमा गौतमले निर्वाह गरेको भूमिकाले प्रष्ट पारेको छ ।

यसै कारणले गर्दा नै नेकपालाई आगामी स्थानीय निर्वाचनदेखि प्रदेश र संघीय निर्वाचनमा समेत कमजोर बनाउनका लागि गौतमलाई राष्ट्रियसभासँगै मन्त्रिपरिषद्मा समेत समावेश नगर्न विभिन्न षड्यन्त्र भइराखेको छ । यसका लागि संविधानको समेत अपव्याख्या गर्ने काम नियोजितरुपले भइराखेको छ । तर उपाध्यक्ष गौतम राष्ट्रियसभामा रिक्त रहेको एक स्थानसँगै युवराज खतिवडाले राजीनामा गरेपछि रिक्त रहेको अर्थमन्त्रीको जिम्मेवारीमा पनि जाने लगभग निश्चित मानिन्छ ।

सम्बन्धित

ताजा अपडेट
बर्दिबासमा बलात्कार गरी हत्या गरेकी बालिकाको न्यायको जानकी मन्दिरमा श्रध्दाञ्जलि
जनकपुरमा घन्कियो: ‘राजा आउ, देश बचाउ’
बर्दिबास प्रदर्शन झन उग्र : प्रहरीको गोली लागेका युवकको मृत्यु

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]