About Contact
११ मंसिर २०७७, बिहिबार
Close
बिज्ञापन
रेल्वे कम्पनीले १२९ कर्मचारी माग्यो, समान्य लेखपढ देखि स्नातक सम्मलाई अवसर(सूचना सहित)

खोज केन्द्र सोमबार, भाद्र २९, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

सरकारले धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि आवश्यकताका आधारमा दक्ष प्राविधिकसहित १२९  कर्मचारी भर्नाको लागि सूचना निकालेको छ ।

रेल्वे कम्पनीमा अहिले आज सूचना निकाल्दै करारमा कर्मचारी भर्ना गर्न लागेको हो । रेल्वेले यति ठूलो संख्यामा पहिलो पटक कर्मचारी मांग गरेको हो । 

मन्त्रिपरिषद्‍बाट गत महीना नै कर्मचारीका लागि स्वीकृति दिइसकेको महानिर्देशक बलराम मिश्रले बताए।

सञ्चालक समितिले पास गरेपछि विज्ञापनमार्फत् कर्मचारी पूर्ति गर्ने तयारी का साथ भदौ २९ गते सूचना प्रकाशन गरिएको छ। 

रेल सञ्चालन र मर्मतलगायतका कामका लागि इञ्जिनियरिङ क्षेत्रका जनशक्ति मागिएको छ। 

त्यससँगै प्रशासन, लेखालगायतका कर्मचारी आवश्यक भएको विभागले जनाएको छ।

रेल सञ्चालनका लागि रेलमार्ग निर्माण सम्पन्न भइसकेको छ भने रेल सेट निर्माण सकिएको छ।

सरकारले भारतीय सरकारी कम्पनी कोनकान कम्पनीमार्फत् रेल सेट खरिद प्रक्रिया अघि बढाएको थियो।

दुई सेट खरिद गर्न लागिएकामा पहिलो सेट आइपुगेको केही समयपछि अर्काे आइपुग्ने छ।

सरकारले अहिले दुई सेट खरिद गर्दा त्यसमा जम्मा १० डिब्बा रहन्छन्। यी दुई सेटको क्षमता एक हजार २०० सम्म यात्रु बोक्ने रहेको छ।

भारतको जयनगरबाट धनुषाको कुर्थासम्म ३५ किलोमिटर लम्बाइको यो रेलमार्गका अरू भौतिक पूर्वाधार निर्माण भइसकेको छ। यस क्षेत्रमा रेल लाइन तथा रेल्वे स्टेशन तयार भइसकेको छ। 

हाल जयनगरबाट कुर्थासम्मको रेलमार्ग निर्माण सकिएकामा आगामी दिनमा यसलाई विजुलपुरासम्म विस्तार गरिनेछ।

सूचना सहित

सम्बन्धित

ताजा अपडेट
बर्दिबासमा बलात्कार गरी हत्या गरेकी बालिकाको न्यायको जानकी मन्दिरमा श्रध्दाञ्जलि
जनकपुरमा घन्कियो: ‘राजा आउ, देश बचाउ’
बर्दिबास प्रदर्शन झन उग्र : प्रहरीको गोली लागेका युवकको मृत्यु

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]