जनकपुरका युवाले जानकी मन्दिरको फूलवारीमा निर्मित पर्खाल भत्काएका छन ।
जानकी मन्दिरको पूर्व तर्फ रहेको फूलवारीमा निर्माण गरिएको नवनिर्मित पर्खाल युवाहरुले भत्काएका हुन ।
सडक निर्माणको क्रममा भूमफियाहरुको चलखेलका कारण फूलवारी को जग्गा अतित्रमण भएको दाबी गर्दै जनकपुर उपमहानगरपालिका वडा नं-३ का अध्यक्ष दिपेन्द्र साहको अगुवाईमा उक्त पर्खाल भत्काईएको छ ।
फूलवारीमा निर्माण गरिएको पर्खाल सम्बन्धन मा प्रमुख जिल्ला अधिकारी सहित सम्बन्धित पक्ष संगको लामो छलफलबाट समेत उचित निकास नभएको भन्दै आक्रोशित युवाहरुले बाध्य भएर पर्खाल भत्काउनु परेको गोपाल युवा समिति नेपालका सचिव ललित यादवले खोज केन्द्रलाई जानकारी दिए ।
जानकी मन्दिरको जग्गा अतिक्रमण बिरुद्व आफुहरु आन्दोलित रहेको उनले बताए ।