About Contact
०६ आश्विन २०७७, मंगलबार
Close
बिज्ञापन
जलेश्वर नगरपालिकामा भ्रष्टाचार भएको भन्दै प्रजिअलाई बुझाइयो ज्ञापनपत्र, मेयर भन्छन्– केही भ्रष्टाचार भएकाे छैन

खोज केन्द्र आइतबार, भाद्र २८, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

महोत्तरीको सदरमुकाम रहेको जलेश्वर नगरपालिकामा भ्रष्टाचार र अनियमितता भएकाे भन्दै नगरवासीहरूको एक समूहले प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाललाई ज्ञापनपत्र बुझाएकाे छ ।

संघीय सरकार, प्रदेश सरकार र अन्य दातृ निकायको अनुदान तथा स्थानीय जनताले तिरेको करको नगरपालिकाले व्यापक दुरुपयोग गरेकाे भन्दै विभिन्न हिसाब पारदर्शी गर्न जिल्ला प्रशासन कार्यालयमार्फत नगरवासीले माग गरेका छन् ।

प्रमुख जिल्ला अधिकारीलाई बुझाइएको १७बुँदे मागमा कोरोनाको नाममा आएको सहयोग र गरिएको खर्च, गत वर्षम बाढीको नाममा भएको राहत वितरणको आयव्यय, हालसम्मको नीति तथा कार्यक्रम र आयव्ययको विवरण, विभिन्न वडाका योजनाहरू, कृषि सिँचाइ संरचनाको नाममा खर्चिएको रकमको विवरण माग गरिएको छ ।

त्यसैगरी सडक मर्मत तथा पिसिसी ढलानहरूको लागत, भ्रमण खर्च र उपलब्धि, पशुसेवा–बालमैत्री कार्यक्रम– मिथिला सांस्कृतिक प्रवर्द्धन, खुला दिसामुक्त कार्यक्रममा गरिएको कार्य र आयव्यय सार्वजनिक गर्न माग गरिएको छ ।

ज्ञापनपत्रमा नगर प्रहरीको भर्ना प्रक्रिया–कर्मचारी नियुक्तिको प्रक्रिया सार्वजनिक गर्न पनि माग गरिएको छ । साथै भ्यु टावरको नाममा निकासा गरिएको रकम, लक्षित वर्गको नाममा गरिएको कार्यक्रम सार्वजनिक गर्नुपर्ने उल्लेख गरिएको छ ।

नगरवासीले मेयर रामाशंकर मिश्रमाथि कमसल विद्युतीय टावर जडानमा व्यापक अनियमितताको आरोप लगाएका छन् ।

तीन वर्ष बितिसक्दा पनि नगरपालिकाले एउटा पनि रेडबुक ननिकाली अनियमितता र मनोमानीलाई मलजल दिइरहेको आरोप नगरवासीहरूले लगाएका छन् । ज्ञापनपत्र बुझाएकाहरूमध्येका स्थानीय मोहन भगतले एक महिनाभित्र आफूहरूले मागेको सूचना उपलब्ध नगराइए चरणबद्ध आन्दोलनमा जाने बताए ।

नगरपालिका सबै तथ्यांक दिन तयार छ : मेयर

जलेश्वर नगरपालिकाका मेयर रामशंकर मिश्रले जलेश्वर नगरपालिकासँग माग्नुपर्ने तथ्यांक र जानकारी जिल्ला प्रशासन कार्यालयबाट मागिएकोमा आपत्ति जनाएका छन् ।

मिश्रले नगरवासीको तर्फबाट दिइएको ज्ञापनपत्रको प्रक्रिया नै गलत भएको बताए ।

उनले चाहिने तथ्यांक दिन जलेश्वर नगरपालिका सदैव तयार रहेको र हरेक नागरिकले सूचनाको हक प्रयोग गर्दै सूचना लिन सक्ने उल्लेख गरे । ।

मिश्रले केही व्यक्तिले गरेको भ्रष्टाचार जलेश्वर नगरपालिकाले सार्वजनिक गर्न लागेकोले तिनै व्यक्तिले आफ्नो भ्रष्टाचार लुकाउन आफू तथा नगरपालिकामाथि भ्रष्टाचारको आरोप थुपार्ने प्रयास गरेको बताए ।

जलेश्वरमै रहेको धेरै पुरानो महोत्तरी क्लब तथा पुस्तकालयको हरहिसाब र त्यहाँ भएको अनियमितता आफूहरूले सोधखोज गर्न थालेपछि आत्तिएर तिनै व्यक्तिहरूले झुटाे आरोप लगाएकाे उनले बताए ।

भ्रष्टाचार गरेकाहरू कुनै हालतमा उम्कन नपाउने मेयर मिश्रले दाबी गरे ।

सम्बन्धित

ताजा अपडेट
प्रदेश २: ‘कामचोर’ १२निर्माण कम्पनीलाई सातदिने स्पष्टीकरण
पिजि सिईई खारेज गर्न मधेशी चिकित्सक संघको मांग
३९ तोला चाँदी सहित चोरी अभियोगमा जनकपुरबाट दुई जना पक्राउ

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]