About Contact
०६ आश्विन २०७७, मंगलबार
Close
बिज्ञापन
अवैध क्रसरमा युवक मृत्यु प्रकरण : क्रसर माफिया बेचन बिरुद्व ढल्केवर प्रहरीले जाहेरी लिएन, न्यायका लागि परिवारजन अदालतमा

खोज केन्द्र आइतबार, भाद्र २८, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

अवैध रूपमा गिट्टी बालुवा उत्खनन गरिएको बेचन शर्माको क्रसर खाल्डोमा मृत्यु भएको युवक प्रकरणमा प्रहरीको अनुसन्धान फितलो देखिएको छ । 

साउन २९ गतेका दिन शर्माले  अबैध रुपमा संचालन गरेको जय बजरंग क्रसरको खाल्डोमा मिथिला नगरपालिका वडा नं ९ बेंगाडावर निवासी दिनेश महतोको छोरा अन्दाजी बर्ष १८ को सुदिप महतोको ज्यान गएको हो । 

क्रसर संचालक संग मिलेर महतोको हत्या गरेको हुन सक्ने मृतकका मामा सत्यनारायण महतोको आश्ंका छ । घटना दबाउन ढल्केवर ईलाका प्रहरी कार्यालय समेत अग्रसर देखिएको परिवारजनको दाबी छ । 

अवैध क्रसरमा युवक मृत्यु प्रकरणमा परिवारजनले क्रसर माफिया बेचन बिरुद्व ढल्केवर प्रहरीले जाहेरी दिएपनि हाल सम्म दर्ता नगरेपछि न्यायका लागि परिवारजन जिल्ला अदालत धनुषा तथा सरकारी वकिल कार्यालय धनुषा पुगेका छन ।

ढल्केवर ईलाका प्रहरी कार्यालयले आलटाल गर्दै अनुसन्धान बंग्याएको मृतक महतोको आमाको दुखेसो छ । प्रहरीले अबैध क्रसर संचालक शर्मा तथा अन्य संलग्न लाई हालसम्म कानूनी दायरामा नल्याउंदा आफु न्यायबाट बंचित हुनु परेको उनको गुनासो छ । 

घटनामा संलग्न चार जनालाई प्रहरीले नियन्त्रणमा लिए पनि माफियाको दबाबमा ढल्केवर प्रहरीले छोडेको पिडित परिवारजनको टिप्पणी छ । 

प्रहरीले जाहेरी नै दर्ता गर्न अस्विकार गरेपछि न्यायका लागि न्यायिक निकाय गुहार्नु परेको मृतकका मामा सत्यनारायन महतोले बताए । यस निकायबाट आफुले न्याय पाउने उनको विश्वास छ । 

यता ढल्केवर प्रहरीका ईन्चार्ज तिर्थ कार्की ले तत्कालै मुद्दा दर्ता नगर्ने प्रतिक्रिया दिए  । घटनाको अनुसन्धान जारी रहेको उनको जिकीर छ । 

पछिल्लो समय मिथिला नगरपालिकामा प्रहरी र केही ब्यापारीको मिलोमतो मा अबैध क्रसर निरवाध रुपमा संचालन हुंदै अएको ढल्केवरवासीको तर्क छ ।

क्रसर संचालन वापत ढल्केवर प्रहरीले महिनावारी रकम पाउने गरेको उनीहरुले बताए । 

यता क्रसर संचालक भनिएका बेचन शर्मा संग घटना सम्बन्धनमा जानकारी लिन खोज्दा सम्पर्क हुन सकेन ।

सम्बन्धित

ताजा अपडेट
प्रदेश २: ‘कामचोर’ १२निर्माण कम्पनीलाई सातदिने स्पष्टीकरण
पिजि सिईई खारेज गर्न मधेशी चिकित्सक संघको मांग
३९ तोला चाँदी सहित चोरी अभियोगमा जनकपुरबाट दुई जना पक्राउ

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]