रक्त अभावलाई मध्यनजर गर्दै ब्लड फोर नेपालद्वारा जनकपुरको कुर्थामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
ब्लड फोर नेपाल र कुर्था योङगेस्टर टिमको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । कुर्थाको महासेठ सेवा समितिमा आयोजित रक्त्दानमा २८ जनाले रक्त्दान गरेको आयोजक सरोज कुमार महतोले जानकारी दिए ।
ब्लड फोर नेपालले पछिल्लो समय जनकपुर सहित बिभिन्न अस्पतालमा अतिआवश्यक बिरामीलाई रक्त उपलब्ध गराउँदै आएको छ ।
ब्लड फोर नेपाल को रक्त उपलब्ध गराउने कार्यलाई सर्वत्र प्रशंसा हुंदै आएको छ ।