About Contact
०६ आश्विन २०७७, मंगलबार
Close
बिज्ञापन
नेपाल स्थित भारतीय दुतावासको चरम लापरवाही: छात्रवृत्तिको परिक्षामा खुलेआम चोरी

खोज केन्द्र बिहिबार, भाद्र २५, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

काठमाडौँ, २५ भदौ । नेपाल स्थिती भारतीय दुतावासले कम्पेक्स २०२० छात्रवृत्ति योजना अन्तर्गतको परिक्षामा गम्भिर त्रुटी गरेको खुलासा भएको छ । 

भदौ २३ र २४ गते (सेक्टेम्बर ७ र ८) मा भएको परिक्षामा खुलेआम चोरी भएको तथ्यहरु सार्वजनिक भएका छन् । यस वर्ष दुई सय ५० देखी तीन सय विद्यार्थीलाई दिइने उक्त छात्रवृत्ति दुतावासले हुँदा खाने (गरिव)लाई भन्दा पनि हुने खाने (धनी)लाई नै दिने गरि गरेको पाईएको छ ।

स्नातक पढ्ने नेपाली विद्यार्थीलाई दिने छात्रवृत्तिमा विगतमा विगतको इतिहासमा केन्द्रीय आधारमा लिने गरेको परिक्षा भएता पनि यो वर्ष विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको उच्च जोखिमलाई मध्यनजर गरी अनलाईन बेसमा गरिएको परिक्षामा त्रुटी नै त्रुटी भएको पाइएको छ । 

दुतावासद्वारा अनलाईन परिक्षाको माध्यमबाट गरिएको परिक्षामा पूर्ण रुपमा वेब क्यामराको नियन्त्रणमा रही गरिनुपर्ने स्पष्ट प्रवाधान रहेता पनि परिक्षा गर्ने दुतावासले नै निर्माण गरेको नियमलाई लत्याउँदै परिक्षा गरी गरिव तथा जहेन्दार विद्यार्थीको भाग्य र भविष्यमाथि खेलवाड गरेको हो ।

परिक्षालाई पूर्ण रुपमा दुतावसले तोकेको व्यक्ति वा संस्थाको निगरानिमा गर्नुपर्ने र विद्यार्थीले परिक्षा दिँदाको समायवधिको बीचमा कोही आफन्त र वा अन्य कुनै पनि व्यक्ति उक्त विद्यार्थी रहेको कोठमा समेत रहन नपाउने गरी गरेको व्यवस्थालाई लत्याउँदै प्रश्नपत्र आउट गरी आफन्त वा शिक्षकलाई प्रश्नपत्र पुर्याई शिक्षकले उत्तर तयार गरी विभिन्न सामाजिक सञ्जालका ग्रमुपहरुमा पठाई परिक्षा लिएको खुल्न आएको छ ।

शिक्षक उत्तर तयार पारी विद्यार्थीलाई कुनै न कुनै माध्यमबाट व्यवस्था गरेको र सोही उत्तर पुस्तीकालाई अनलाईनको माध्यबाट निकट विद्यार्थीले अपलोड गरी वास्तविक गरिव तथा जेहेन्दार विद्यार्थीले छात्रवृत्ति पाउने भन्दा पनि पहुँचका भरमा परिक्षा दिई आफैले तयार पारेको नियमलाई दुतावासले लत्याएको छ ।

यसबाट के प्रष्ट बुझ्न सकिन्छ भने दु्तावासले लिएको अनलाईन परिक्षामा चिट चोरेर दिएको र उक्त छनौट प्रकृयामा गम्भिर त्रुटी रहेको छ । फोन चलाउन नपाउने स्पष्ट व्यवस्था गरेता पनि खुलेआम फोन चलाएको देख्दा देख्दै पनि किन दुतावासले उक्त परिक्षा स्थगीत गरेन ? यो प्रश्न आम गरिव तथा जेहिन्दार विद्यार्थीमा खड्कीएको छ ।

सम्बन्धित

ताजा अपडेट
प्रदेश २: ‘कामचोर’ १२निर्माण कम्पनीलाई सातदिने स्पष्टीकरण
पिजि सिईई खारेज गर्न मधेशी चिकित्सक संघको मांग
३९ तोला चाँदी सहित चोरी अभियोगमा जनकपुरबाट दुई जना पक्राउ

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]