About Contact
१५ कार्तिक २०७७, शनिबार
Close
बिज्ञापन
मल अभावसँगै धानमा गबारोको समस्या

खोज केन्द्र बिहिबार, भाद्र २५, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

चितवन : युरीया मलको अभाव खेपिरहेका जिल्लाका कृषकको धान खेतमा गबारो किराले नोक्सान गर्न थालेको छ । धानको गाँज बढिरहेको बेला गुभो खाएर गबारोले रातो बनाई दिएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण आयोजना चितवनका प्रमुख मेघनाथ तिमिल्सीनाका अनुसार किसानले झोल र दाना बिषादी छरेको भए पनि रोग नियन्त्रणमा आउन सकेको छैन ।

खेतका बिचबिचमा थेग्लाथेग्ला भएर किरा लागेको छ । त्यही ठाउँमा बिषादी छर्नु पर्नेमा सबै ठाउँमा किसानले विषादी छरेकाले रोग नियन्त्रणमा आउन नसकेको उनको भनाइ छ ।उनले भने, “रोग देखिएको ठाउँमा बिषादी छर्नु पर्नेमा सबै ठाउँमा छर्दा प्रभावकारी हुन सकेन । गबारोले गुभो नोक्सान गरेको छ ।” गबारोको लार्भा, प्यूपा हुँदै पुतली बनेको छ । पुतलीले ५,७ दिन भित्रमा पातमा फुल पार्ने र फुलबाट लार्भा निस्किएर धानको वालाको तल्लो कलिलो भाग खाईदिने उनको भनाइ छ ।

तिमिल्सीनाले किराकै कारण बाला पसाई सकेपछि ठाउँठाउँमा दूध नभरिएको सेता बाला देखिने जानकारी दिए । समयमा रोगको नियन्त्रण गर्न सकेमा रोगलाई केही हदसम्म नियन्त्रण गर्न सकीने उनको भनाइ छ । किसानको पुरानो अभ्यासअनुसार नै बारिको ठाउँठाउँमा टायर बालेर त्यसको तल भाँडामा सरफपानी राखेमा उज्यालोमा आएका किराहरु झरेर मर्ने उनको भनाई छ ।

पुतलीको माउ र फुल सजिलै चिन्न सकिने भन्दै उनले यो सङ्ख्या धेरै नहुने भएकाले कृषकले प्रत्यक्ष रुपमा नष्ट गर्न सक्ने बताए । उनले भने, “धेरै लागेको ठाउँमा पनि एक कठ्ठामा ४०र५० भन्दा बढि पुतली हुँदैन । यसो गर्न सकेमा रसायनिक बिषादीमा खर्च गर्नु नपर्ने उनको भनाइ छ । गबारोले जिल्ला भरिनै देखिएको उनले जानकारी दिए ।

त्यस्तै धानको पातमा लाम्चो कालो हुने ‘सिथ व्लाईट’ रोग पनि देखिन थालेको छ । यो रोगले धानको पात सुकाउँछ । पसाउने वेलाको धानमा देखीएको छ । धानमानै सेतो झिङ्गा पनि देखिन थालेको छ । यसले रस चुसेर बोट पहेंलो बनाएर क्षति पु¥याउने उनको भनाइ छ । यो रोग पूर्वी चितवनमा बढि रहेको छ । जिल्लाको २७ हजार ४४५ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको छ ।

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]