About Contact
०६ आश्विन २०७७, मंगलबार
Close
बिज्ञापन
भैरहवा मेडिकल कलेजको चरम लापरवाही: चिकित्सकको लापरवाहीले एक डाक्टरको नै मृत्यु

न्यायको लागि सम्बन्धित निकायहरुसँग हारगुहार

खोज केन्द्र बुधबार, भाद्र २४, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

माघ १, २०७६ का दिन युनिभर्सल कलेज अफ मेडिकल साईन्स भैरहवा, मेडिकल कलेज चिकित्सकको लापरवाहीले एक डाक्टरको नै मृत्यु भयो । 

युनिभर्सल कलेज अफ मेडिकल साईन्स भैरहवामा कार्यरत प्रोफेसर डा. ज्ञानेश्वर प्रसाद सिंहलाई  १० भदौ २०७६ का दिन बेलुकाको खाना खाने क्रममा घाँटीमा हड्डी अड्कीयो । लगतै उक्त मेडिकल कलेजमै उपचारका लागि लगियो । घांटीमा अड्केको हड्डी निक्कल्ने क्रममा चिकित्सक को गम्भिर त्रुटी र लापरवाहीले पुरै ह्ड्डी नै निकालेपछी डाक्टर सिंहको स्वास्थ्य अवस्था झन बिग्रीयो ।

त्यसपछी डाक्टर सिंहको परिवारमा खैलाबैला मच्चियो । जसोतसो सरसापट , कर्जा लिएर थप उपचारको लागि हेलिक्पटरबाट काठमाडौं लगियो । तर डाक्टर सिंहको प्रारम्भिक उपचारमै गरिएको त्रीटु र लापरवाही ले १० माघ २०७६ का दिन अक्लपनिय निधन भयो, डाक्टर सिंहका छोरा प्रफुल कुमारले भने – मेडिकल कलेजको लापरवाहीले हामीले परिवारको मूख्य सदस्य नै गुमाएका छौँ । 

युसीएमएस कलेजको डाक्टर टोलीले गरेको लापरवाहीको एक बर्ष भयो। हालसम्म हामीले युसीएमएस अधिकारीहरू, नेपाल चिकित्सा परिषद र नेपाल चिकित्सा संघ बाट कुनै प्रकारको समर्थन प्राप्त गरेका छैनौं। हामीले प्राप्त गरेको उत्तर मात्र यो हो कि हामी तपाईंको केस हेरिरहेका छौं, हामी तपाईंलाई चाँडै अपडेट गर्नेछौं वा कुनै अन्य बहाना मात्र पाउंदै आएको प्रफुलको दुखेसो छ । 

उनका अनुसार – युसीएमएसका अधिकारीहरूसँग बारम्बार कुरा गर्न कोशिस गर्यौं तर उनीहरूले हाम्रो अनुरोधलाई कुनै प्रकारको प्रतिक्रिया देखाएनन्। उनीहरूले हाम्रो कल पनि लिइरहेका छैनन्। 

के यो त्रिभुवन विश्वविद्यालय, युसीएमएस, नेपाल चिकित्सा परिषद, नेपाल चिकित्सा संघ र  नेपाललको कानून प्रणाली द्वारा एक डाक्टरलाई सम्मान प्रदान गर्ने तरीका हो ? बिना सिंहको प्रश्न छ । 

बिना सिंह भन्छिन- जसले लगभग तीन दशक सम्म नेपाललको मेडिकल फिल्ड मा काम गरेर नेपाललको स्वास्थ्य प्रणालीमा आफ्नो योगदान प्रदान गरेको थियो । तर आज उक्त योग्दान को कुनै कदर गरिएको छैन । सांचै यो देशमा न्याय पाउन नसकिने नै हो र !  उनको आक्रोश छ । 

पेशाले ईन्जिनियर प्रफुल कुमार सिंह भन्छन- मेरो बुबा प्रोफेसर डा. ज्ञानेश्वर प्रसाद सिंहले आफूले सकेजति सबैलाई मद्दत गरेका थिए तर आज उनको लागि आवाज उठाउने कोही छैन ! 

न्यायको लागि सम्बन्धित निकायहरुसँग हारगुहार

मेडिकल कलेजको लापरवाहीले डाक्टरकै मृत्यू भएको भन्दै उनका परिवारजनले न्यायको लागि सम्बन्धित निकायहरुसँग हारगुहार लगाएको छ । 

 सोही क्रममा मधेशी डाक्टरहरुको छाता सँगठन मधेशी डाक्टरर्स एसोशिएसनले ५ महिना अगाडी प्राध्यापक डाक्टर ज्ञानेश्वर प्रसाद सिँहको भैरहवा स्थित रहेको यूसिएमएस ( Universal College of Medical Sciences) मेडिकल कलेजको लापरवाहीले मृत्यू भएको भन्दै उनका परिवारजनले हारगुहार लगाएपछि न्यायको लागि अगाडी आएका छन् । 

५ महिनादेखि उनका परिवारजनले सिँहको असमायिक निधन तथा कलेजकै लापरवाहीले मृत्यू भएको भन्दै एनएमसीमा समेत निवेदन दर्ता गराएको अवस्थामा कुनै पहल नभएको भन्दै एशोसिएसनले एक प्रेस विज्ञप्ति जारी गर्दै एनएससीले समेत कुनै प्रकारको पहल नगरेको भन्दै मृतक डा. सिँहको परिवारसँग मधेशी डाक्टरर्स एसोसिएशन उभिएको बताइएको छ । 

एशोसिएसनका सँयोजक डा. एकानन्द सिँह तथा प्रवक्ता डा. विनय कुमार पँजीयारद्धारा सँयुक्त रुपमा हस्ताक्षरित विज्ञप्तिमा नेपाल चिकित्सक संघको आजिवन सदस्य समेत रहेका प्रा.डा.ज्ञानेश्वर प्रसाद सिंहको मृत्युको निष्पक्ष छानविन गर्न र दोषिलाई कारवाहि गर्न नेपाल मेडिकल काउन्सिल र प्रहरी प्रशासनसँग माग गरिएको छ । 

 दोषिलाइ कानुनी दायारामा ल्याउन मदत पुर्याउनको निम्ति यस घटनासँग सम्वन्धित सबैलाइ सहियोग गर्न आग्रह विज्ञप्ति मार्फत गरिएको छ ।

यता, यस सम्बन्धमा मेडिकल कलेज व्यवसथापन संग सम्पर्क हुन सकेन ।

सम्बन्धित

ताजा अपडेट
प्रदेश २: ‘कामचोर’ १२निर्माण कम्पनीलाई सातदिने स्पष्टीकरण
पिजि सिईई खारेज गर्न मधेशी चिकित्सक संघको मांग
३९ तोला चाँदी सहित चोरी अभियोगमा जनकपुरबाट दुई जना पक्राउ

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]