प्रदेश नम्बर २ को आन्तरिक मामिला, कानून तथा सँचार राज्यमन्त्री सरोज सिँह कुशवहा द्वारा महोत्तरी निर्वाचन क्षेत्र नं ४ (ख) मा मस्जिद शिलान्यास गरिएको छ ।
संसदीय बिकास कोषबाट निर्माण हुन लागेको रामगोपालपुर नगरपालिका वडा नं ३ तोलाठीमा मस्जिद शिलान्यास गरेका हुन । मस्जिद निर्माण हुने भएपछी उक्त क्षेत्रका मुस्लिम समुदाय निकै खुशि ब्यक्त गरेका छन ।
शिलान्यास संगै रामगोपालपुर नगरपालिका वडा नं ३ तोलाठीमा नेकपाबाट परित्याग गरि जसपा आएका संयौ नेता कार्यकर्तालाई राज्यमन्त्री सिँहले प्रवेश गराएका छन ।
नेकपाका नेता मोहम्द एलुन राईन, तसलिफ नदाफ, लालमहोम्द राउत, मैजिल साफी, हासिम धोवी, राजकुमार बैठा, योगेन्द्र महतो, रामएकवाल सदा, सराफुल धोवी लगायत सयौं नेता कार्यकर्ता जसपा प्रवेश गरेका हुन ।
रामगोपालपुर नगरपालिका वडा नं ४ मा नवनिर्मित जनता आवास कार्यक्रम अन्तर्गत भवन राज्यमन्त्री सिँहले हस्तान्तरण गरेका छन ।