About Contact
१६ फाल्गुण २०७७, आइतबार
Close
बिज्ञापन
प्रदेश २: कोरोना कहर बिच उखु किसानको समस्या झन बल्झिदै, अझै पाएनन् भुक्तानी

खोज केन्द्र सोमबार, भाद्र २२, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

सर्लाही । सर्लाहीका किसानले उखु विक्री गरे बापतको करीब रू. २४ करोड भुक्तानी अझै पाएका छैनन् । 

जिल्लाको धनकौलस्थित अन्नपूर्ण चिनी मिलले उक्त रकम भुक्तानी दिन बाँकी रहेको उखु उत्पादक किसानले जानकारी दिएका छन् । उखुको बक्यौता रकम नपाएको भन्दै गत पुसमा काठमाडौंमा आन्दोलन गरेका उखु किसान र सरकारबीच दुई महीनाभित्र भुक्तानी गर्ने सम्झौता भएको थियो । 

पुस १८ मा सम्झौता भएपछि केही उद्योगले भुक्तानी दिन शुरु गरे पनि अन्नपूर्ण चिनी मिलले भुक्तानी दिएको छैन ।

पटकपटक संघर्ष गर्दा पनि सो उद्योगले उखु बेचेका किसानको तीन/चार वर्षदेखिको भुक्तानी अझैसम्म नगरेको किसानको गुनासो छ । लामो समयसम्म बक्यौता रकम भुक्तानी नभएपछि अब आशा गर्न छाडेको धनकौल गाउँपालिका महिनाथपुरका किसान रामप्रताप महतोले बताए ।

आफूहरु काठमाडौं गएर धर्नामा बस्दा किसानको भुक्तानी दिलाउन केही चासो देखाए जस्तो गरेको सरकारले त्यसपछि वास्ता नगरेको उनको आरोप छ । 

उखुको भुक्तानी आउला र घर व्यवहार चलाउने भन्ने आश गरेका सो क्षेत्रका किसान अहिले निराश भएका छन् । विगतका वर्षको भुक्तानी दिन नसकेर गत वर्ष मुख्य सिजनमा पनि अन्नपूर्ण चिनी मिल सञ्चालन हुन सकेन । 

जति प्रयास गर्दा पनि भुक्तानी नदिएर ती उद्योगले किसानलाई निराश बनाएको नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले बताए । 

अध्यक्ष मैनालीका अनुसार उद्योगले तीन/चार वर्षदेखिको करीब रू. २४ करोड रकम उखु उत्पादक किसानको भुक्तानी गर्न बाँकी रहेको छ । रासस  

सम्बन्धित

ताजा अपडेट
काम गरेर देखाउने हैसियत भएका सांसदहरु !
अम्भु प्रसाद साहद्वारा जनकपुर उद्योग वाणिज्य संघको उपाध्यक्षमा उम्मेदवारी
मन्त्री जुली महतोद्वारा धनुषामा ४ पुल उदघाटन

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]