About Contact
१० माघ २०७७, शनिबार
Close
बिज्ञापन
दिनभरी व्यवसाय खोल्न पाउनु पर्ने जनकपुरका व्यवसायीको माग

खोज केन्द्र सोमबार, भाद्र २२, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

लामो समयदेखि बन्दाबन्दीका कारण व्यवसाय चौपट भएको भन्दै दिनभरी व्यवसाय सञ्चालन गर्न पाउनु पर्ने माग जनकपुर उद्योग वाणिज्य संघले अघि सारेको छ ।

वाणिज्य संघले स्थानीय सरकार, प्रदेश सरकार र प्रमुख जिल्ला अधिकारीमार्फत तीनै तहको सरकारलाई ज्ञापनपत्र बुझाएर दिनभरी व्यवसाय सञ्चालन गर्न पाउनु पर्ने माग अघि सारेको हो ।

सरोकारवाला निकायलाई व्यवसाय सञ्चालन गर्न पटक पटक विकल्प खोज्न सुझाए पनि वेवास्ता गरेको वाणिज्य संघको ठहर छ । नियमितको निषेधाज्ञाका कारण उद्योगी व्यवसायीहरु पीडामा रहेकाले निषेधाज्ञाको स्वरुप परिवर्तन गरी दिनभरी व्यवसाय सञ्चालन गर्नु पर्ने माग ज्ञापनपत्रमा गरिएको छ ।

जनकपुरधाम उद्योग वाणिज्य संघका  अध्यक्ष ललित साहका अनुसार बिहान १० बजेदेखि ४ बजेसम्म बजार सञ्चालन गर्ने वातावरण बनाईदिन तीनै तहको सरकारसँग ज्ञापनपत्र मार्फत आग्रह गरिएको छ ।

संघका अध्यक्ष ललित शाहले मुख्यमन्त्री लालबाबु राउत र धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराई र नगरप्रमुख लालकिसोर शाहलाई ज्ञापनपत्र बुझाएका हुन् ।

विगत ५ महीनादेखिको बन्दाबन्दीका कारण व्यापारीहरुलाई जिविका चलाउन समेत समस्या भएको भन्दै उनीहरुले ६ बुँदे माग ज्ञापनपत्रमा उल्लेख गरेका छन् । बन्दाबन्दीका कारण हाल बन्द अवस्थामा रहेका सबै प्रकारका व्यवसाय सञ्चालन गर्न पाउनु पर्ने माग गरिएको छ ।

औषधि, डेरी, कृषि सामग्री, मल, विउविजन, भेटनरी पसल, खाद्यान्न पसल किराना तथा बैंक, वित्तीय संस्थाहरु नियमित सञ्चालन गर्न पाउनुपर्ने र हरियो तरकारी तथा फलफूल घुम्ती पसल साइकल, ठेला, मोटरसाइकल, टेम्पुमा राखि टोल टोलमा घुमाएर बिहान ५ बजेदेखि १० बजेसम्म र साँझ ५ बजेपछि मात्र बेचविखन गर्ने व्यवस्था मिलाउनुपर्ने माग ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

यस्तै कोरोना परीक्षणको दायरा बढाउन दुई ओटा पीसीआर मेशिन थप गरी तुरुन्त सञ्चालनको व्यवस्था मिलाउन समेत आग्रह गरिएको छ ।

प्रादेशिक अस्पताल जनकपुर र जिल्ला अस्पताल महोत्तरीबाहेक निजी क्षेत्रमा सञ्चालित अस्पताल, नर्सिङ होम, मेडिकल कलेजहरु मध्ये कुनै चिकित्सा संस्थालाई भेन्टिलेटर र अक्सिजन सुविधा सहित भाडा वा लिजमा लिएर कोभिड अस्पतालको रुपमा तुरुन्त सञ्चालन गर्ने व्यवस्था मिलाउन ज्ञापनपत्र मार्फत आग्रह गरिएको छ ।

ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री लालबाबु राउत र प्रमुख जिल्ला अधिकारी भट्टराईले संघले राखेको मागप्रति गम्भीर भई कार्यान्वयन गर्ने र बजार खोल्ने समय बढाउने प्रतिवद्धता जाहेर गरेको संघले जानकारी दिएको छ ।

सम्बन्धित

ताजा अपडेट
सिरहामा प्रेसर कुकर बम भेटिएपछि पूर्वपश्चिम राजमार्गमा बन्द
सिरहाको प्रहरी प्रमुख फेरिए
धनुषाको खजुरी नाकाबाट तस्करी बृद्वि, १३ लाखको अवैध भन्सार चोरी निकासीका समानहरू बरामद

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]