About Contact
०७ बैशाख २०७८, मंगलबार
Close
बिज्ञापन
धनुषामा काठको विषयमा विवाद हुँदा प्रहरी निरिक्षक र प्रहरी हव्लदार घाईते

स्मार्ट राज खनाल सोमबार, भाद्र २२, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

धनुषामा वाढीले बगाएर ल्याएको काठको विषयमा विवाद हुँदा प्रहरी निरिक्षक र प्रहरी हव्लदार घाईते भएका छन । 

वटेशवर गाउँपालिका ५ शान्तिपुर मुसरीटोल स्थित राती करिब साढे १० वजे स १ त ६०४० नम्बरको ट्रक्टरमा वाढीले बगाएर ल्याएको काठ ओसारी रहेको खवर पाउन साथ इलाका प्रहरी कार्यालयबाट प्रहरी निरिक्षक दिपक कुमार राईको कमान्डमा गएको टोली माथी स्थानियहरुले आक्रमण गरेका छन । 

काठलोड ट्रक्टर आफनो नियन्त्रणमा लिई फर्किने क्रममा करिब ६०–७० जानाको समुहमा आएका स्थानियहरुले ढुङ्गामुढा गर्न थालेपछि प्रहरी निरिक्षक दिपक कुमार राईको आखाँमा गम्भीर चोट लागेको छ भने प्रहरी जवान राम विश्वास पंडितलाई टाउकोको पछाडी भागमा फुटेको छ । प्रतिकारबाट घाईते प्रहरी निरिक्षक र प्रहरी जवानको महेन्द्रनगर स्थित हेल्थ केयरमा उपचार भईरहेको छ । काठलोड ट्रक्टर इलाका प्रहरी कार्यालय महेन्द्रनगरको नियन्त्रणमा राखिएको छ ।

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]