About Contact
१३ फाल्गुण २०७७, बिहिबार
Close
बिज्ञापन
धनुषामा नेकपा नेता तथा कार्यकर्ताबीच झडप, ७ घाइते, ४ गम्भिर : पिडित भन्छन ‘बरबरिया गुण्डागर्दीमा उत्र्यो’

खोज केन्द्र आइतबार, पौष १३, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

जनकपुर- जिल्लामा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता तथा कार्यकर्ताबीच झडप भएको छ । कमला नगरपालिका वडा नम्बर ८ टेरहामा सडक बिस्तारको लागि जग्गा छुट्याउने विषयलाई लिएर नेता तथा कार्यकर्ताबीच शनिबार झडप भएको हो

नेता रामचन्द्र झा र जिल्ला अध्यक्ष श्रवण बरबरिया समूहबीच झडप भएको हो । झडपमा ७ जना घाइते भएका छन् । घाइतेको मध्ये ४ जनाको अवस्था गम्भीर छ । सहिद नगरपालिकाका मेयर उदय बरबरियाले नातेदारका लागि गुण्डा पठाएर शक्तिको आडमा गुण्डागर्दीमा उत्रेको पिडितहरुले आरोप लगाएका छ्न ।

टेरहा टोलका ५५ वर्षीय किशोरी दास, ५२ वर्षीय जगतनारायण यादव, २२ वर्षीय नरेशकुमार दास र शिवकुमार यादवको अवस्था गम्भीर छ । उनीहरुको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको छ । बरबरिया समूहका अमरपटि यादव, रामअवतार यादव र धनिकलाल यादव भने सामान्य उपचारपछि घर फर्किसकेका छन् ।

टेरहा टोलमा सडक बिस्तारको लागि दुबैतिरको जग्गा काट्ने कार्य भइहेको छ । अध्यक्ष बरबरियाका ज्वाइँ नवल ठरियाले तोकिएको मापदण्डअनुसार जग्गा नदिएपछि विवाद भएको थियो । विवादलाई साम्य पार्नका लागि छलफल गरेर पुनः नाप्ने सहमति समेत भएको थियो । तर ठरियाको समूह जग्गा नापजाँच गर्नेहरुविरुद्ध अचानक घरेलु हातहतियारसहित जाइलागेपछि दुई पक्षबीच झडप भएको घाइते शिवकमार यादवले बताउनु भयो ।

कमला नगरपालिकाका मेयर रामउदगार गोइतले भने त्यसबारे आफूलाई जानकारी नभएकाे बताउनुभयो । ‘घटना भएको सुनेको छु तर त्यसबारे म पूर्ण जानकार छैन’ उहाँले भन्नुभयो, ‘सम्बन्धित वडाध्यक्षलाई बोलाएर बुझ्ने प्रयास गरिरहेको छु । घटनालाई नबढाएर छलफलको माध्यमबाट सामाधान गर्ने तयारी भइरहेको छ ।’

सम्बन्धित

ताजा अपडेट
प्रधानमन्त्री ओलीले तत्काल राजीनामा नदिने, संसद ‘फेस’ गर्ने रणनीति
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिँदैन : उपप्रधानमन्त्री ईश्वर पोखरेल
मिथिला बिहारीमा विभिन्न पार्टी परित्याग गरि सयौ नेता कार्यकर्ता जसपामा प्रवेश

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]