समयमा मल नल्याउने दुई कम्पनीलाई कृषि सामाग्री कम्पनी लिमिटेडले कारबाही गरेको छ । उनीहरुको धरौटी जफत गरी कालोसूचिमा राख्ने निर्णय गरिएको छ ।
मल ल्याउने ठेक्का पाएको शैलुङ इन्टरप्राइजेज र हानोको मल्टिप्रपोज कम्पनीको धरौटी जफत भएको हो । शैलुङ नेकपाका अध्यग प्रचण्डका घरबेटी शारदा अधिकारीको कम्पनी हो ।
कृषिमन्त्री घनश्याम भुषालले आइतबार पत्रकार सम्मेलन गरी ती कम्पनीलाई कारबाही गरिएको जानकारी दिएका हुन् । प्रचण्डका घरबेटी भएकाले अधिकारीलाई कारबाही नगरिएको भन्दै आलोचना भइरहेको थियो । उनीहरुको ५–५ करोड धरौटी जफत भएको छ ।
दुवै कम्पनीले २५ हजार मेट्रिकटन मल ल्याउने ठेक्का पाएका थिए ।