About Contact
११ माघ २०७७, आइतबार
Close
बिज्ञापन
प्रदेश-२ मा कोरोनाको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १०० पुग्यो

खोज केन्द्र शनिबार, भाद्र २०, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

प्रदेश-२ मा कोरोनाको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १०० पुगेको छ। पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट पर्सामा २ जनाको मृत्यु भएसँगै मृतकको सङ्ख्या १०० पुगेको हो । 

यस प्रदेशमा सबैभन्दा बढी पर्सामा ३८, बारामा १५, धनुषामा १२, महोत्तरीमा १०, सप्तरी र सिरहाबाटमा ८/८, रौंतहटमा ५, सर्लाहीमा ३ र १ जना भारतीय नागरिकको मृत्यु भएको समाजिक विकास मन्त्रालयले जनाएको छ । 

पछिल्लो २४ घण्टामा सप्तरीमा ३३, धनुषामा छ, महोत्तरीमा २५, बारामा १२ र पर्सामा ८ गरी ८४ नयाँ सङ्क्रमित थपिएका छन्। यस प्रदेशमा अब सङ्क्रमितको सङ्ख्या ११६१ पुगेको छ। सोमध्ये आज २४३ जना उपचार गराइ निको भएर घर फर्केका छन्। उपचार गराइ निको भएर घर फर्कनेको सङ्ख्या ५६०२ पुगेको छ ।

यस प्रदेशमा १७७ क्वारेन्टिनस्थलमा ५६६ जना बसेका छन् भने होम क्वारेन्टिनमा १७१८, आइसोलेशनमा ९१५ र होम आइसोलेशनमा ४४४४ जना रहेको सो मन्त्रालयले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
पिछडावर्गलाई नीतिगत रुपमा पछाडी पारियो : कानून राज्यमन्त्री सरोज सिंह
ऋणीको सम्पत्तीमा साहुको आँखा
फोक्सोकै विकास नभएका बच्चाको ज्यान यसरी जोगाए डा. लव कुमार साहले

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]