पुष १२ गते, सप्तरी ।प्रदेश २ का सामाजिक विकास मन्त्री माननीय नवलकिशोर साहले प्रदेश २ ले शिक्षामा बिशेष ध्यान दिएको वताउनुभएको छ। श्री राष्ट्रिय प्राथमिक बिद्यालय धोघनपुर सितापुर कंचनरुप न. पा. -०७ सप्तरीद्वारा अायोजित सम्मान तथा छात्रवृत्ति वितरण कार्यक्रममा वहाँले भनेका हुन।
मन्त्री साहले अाधारभुत शिक्षा प्रदेश मातहत नरहेपनि प्रदेशका जनताको शिक्षाका लागि लगानी गर्ने गरेको वताए। व्यवस्थापन समिति अध्यक्ष श्याम सरदारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जग्गादाता र उत्कृष्ट विधार्थीहरुलाई सम्मान गरेका थिए।