स्कुल अफ डेमोक्रेसी कोभिड १९ क्विक रेस्पोन्स टिम द्वारा आयोजित निशुल्क स्वास्थ शिविर मा १४७ जना ले उपचार गराएका छन ।
औषधि ,ल्याब, चिकित्सकिय परामर्शको सेवा प्रदान गरिएको छ। मेडिसिन बाट डा.शरद यादव,डा बिपिन यादव,डा.अभिजित साह, दात मुख बाट डा सज्जन ठाकुर,डा.बिनय यादव,गाइनो बाट डा.मनिषा भारद्वाज,अर्थो बाट डा.कुमार सम्भव,डा अमित रन्जन मिश्रा,साइकेट्रीक बाट डा.रबिन झा,बाल रोग बाट डा.बिकास कु साह,नाक कान घाँटी बाट डा सन्तोष साह,सर्जन बाट डा बिजय कु साह,गेस्ट्रो बाट डा शशी भुसन ठाकुर,फिजियोथेरेपी बाट डा राजु साह, मे.अ. डा बिनय कु यादव,डा अनिल कु साह सहभागी थिए ।
पारामेडिक बाट घन्श्याम झा राजु,सुमन ठाकुर,दिपक यादव को सहभागिता थियो । ल्याबका लागि मुकेश सिंह,रुपेस नारायण महतो ले सेवा दिए । सफाइकर्मी का लागि महिन्दर मेस्तर उपस्थित थिए ।
स्थानीय स्तरमा ब्यबस्थापनमा देवु यादव,लभ यादव, कुश यादव, रामेश्वर यादव को मुख्य सहयोग थियो । आयोजक स्कुल अफ डेमोक्रेसी कोभिड 19 क्विक रेस्पोन्स टिम का सम्पुर्ण ब्यबस्थापन समिति का सदस्यहरु खटिएका थिए ।