About Contact
०१ जेठ २०७८, शनिबार
Close
बिज्ञापन
नदीजन्य पदार्थको उत्खनन गरी ओसारपसार गर्ने १४ ओटा टिपरलाई सशस्त्र प्रहरीले नियन्त्रणमा

खोज केन्द्र शनिबार, भाद्र २०, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

रौतहट  । नदीजन्य पदार्थको उत्खनन गरी ओसारपसार गर्ने १४ ओटा टिपरलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

वाग्मती नदीमा नदीजन्य पदार्थ गिट्टी बालुवा संकलन गरी रहेको अवस्थामा सशस्त्र प्रहरीले टिपर नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएको टिपरलाई सशस्त्र प्रहरीले शुक्रवार जिल्ला समन्वय समिति रौतहटमा बुझाएको छ ।

अवैध रुपमा नदीजन्य पदार्थको उत्खनन गरी ओसारपसार गर्ने टिपरहरुलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल सन्तपुरका प्रहरी नायव उपरिक्षक विकास भुजेलले बताए । वाग्मती नदीबाट उत्खनन गरिएको गिट्टी, बालुवा जिल्लाको विभिन्न भागमा ढुवानी भइरहेको अवस्थामा नियन्त्रणमा लिइएको उनले बताए ।

नदी उत्खननको ठेक्का बन्द रहेको अवस्थामा अवैध तरिकाले निकालिएको  नदीजन्य पदार्थहरु नियन्त्रणमा लिएको सशस्त्र प्रहरी ११ नं. गण रौतहटले जानकारी दिएको छ ।

जिल्ला समन्वय समितिका लेखापाल देव कुमार यादवले व्यवसायिक प्रयोजनका लागि नदीजन्य पदार्थको उत्खनन गरी ओसारपसार गर्ने साधनलाई कारवाही गरिने बताए ।

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]