About Contact
०८ कार्तिक २०७७, शनिबार
Close
बिज्ञापन
वीरगन्जमा एक कोरोना संक्रमितको मृत्यु

खोज केन्द्र शनिबार, भाद्र २०, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

वीरगन्ज : नारायणी अस्थायी गण्डक कोरोना अस्पतालमा विगत १५ दिनदेखि उपचार गराइरहेका एक कोरोना संक्रमित वृद्धको शुक्रबार राति मृत्यु भएको छ ।

नारायणी अस्पतालका प्रवक्ता डा.अतुलेश चौरसियाका अनुसार पर्साको पकाहामैनपुर गाउँपालिका–२ निवासी ७५ वर्षीय पुरुषको शुक्रबार राति साढे ११ बजेको समयमा मृत्यु भएको हो ।

कोरोना संक्रमण पुष्टि भएपछि ती वृद्ध गत भदौ ५ मा कोरोना अस्पतालमा भर्ना भएका थिए । डा.चौरसियाका अनुसार विगतमा क्षयरोग भएको ती वृद्धमा पछिल्लो समय दुवै फोक्सोमा निमोनिया देखिएको थियो । पर्सामा कोरोना संक्रमित ४० जनाको मृत्यु भएको छ ।

सम्बन्धित

ताजा अपडेट
पूर्वराजा ज्ञानेन्द्रको सरकारलाई प्रश्न- जनताको अभिभावक खोई !
रअ प्रमुखले के के विषय उठाए ? मधेसवादीलाई दिएनन् भेट !
सहिद नगरपालिकामा नेकपा परित्याग गरी धमाधम कांग्रेसमा प्रवेश गर्दै

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]