काठमाडौँ : कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घन्टामा थप १४ को मृत्यु भएको छ ।
मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले मृत्युको औपचारिक रुपमा पुष्टि गरेको हो । मन्त्रालयका अनुसारर मृतकमा ४ जना महिला र १० जना पुरुष छन् ।
प्रवक्ता डा जागेश्वर गौतमका अनुसार मृत्यु हुने महिलामा चितवनकी ३५ वर्षीयासहित काठमाडौँका ३ जना रहेका छन् । काठमाडौँका ८२ वर्षीया, ६७ वर्षीया र २२ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको हो ।
त्यसैगरी पुरुषमा सप्तरीका ५५ वर्षका २ जना, धनुषाका ६५ वर्षीय, रसुवाका ३१ वर्षीय, कास्कीका ३७ वर्षीय, नवलपरासीका ३७ वर्षीय, प्युठानका ५८ वर्षीय, रुपन्देहीका ७८ वर्षीय, पाल्पाका ६३ वर्षीय र सुर्खेतका ४२ वर्षीय रहेका छन् । यो सँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २७१ पुगेको छ ।