About Contact
३० चैत्र २०७७, सोमबार
Close
बिज्ञापन
धर्म, संस्कृति, परम्परा माथिको आक्रमणले ब्यवस्थाको आयु तोक्दै छ :- डा. मनोन मुक्ति

खोज केन्द्र शुक्रबार, भाद्र १९, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

जनतान्त्रिक तराई मुक्ति मोर्चाका राष्ट्रिय अध्यक्ष, राष्ट्रिय जनतान्त्रिक गठबन्धन एवं राष्ट्र बचाउ अभियानका राष्ट्रिय संयोजक डा. मनोज मुक्ति “विवेक” (डा. मनोज कुमार झा) ले आज ललितपुरमा भएको स्थानीय युवाहरु र प्रहरी प्रशासन बीचको झडपको सम्बन्धमा कडा प्रतिक्रिया दिदै सरकारको कडा आलोचन गरेका छन् 

साथै डा. मनोज मुक्तिले भनेका छन् कि, सहकालका प्रतिक प्रसिद्ध रातो मच्छिन्द्रनाथको रथयात्राका क्रममा ललितपुरमा स्थानीय युवाहरू र प्रहरीबीच भएको झडपको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । 

अहिलेको  कोभिड १९ को विषम परस्थितिमा पनि आयोजक गुठीले आफ्नो संस्कृति र परम्परालाई निरन्तरता दिने कार्य गरेकोप्रति सरकारले सहजिकरण गरिदिनु बुद्धिमता हुने थियो तर सरकारले त्यसो गर्ने अनुमती दिएन जुन दुखद्, लज्जास्पद एवं नितान्त गैर-जिम्मेवारीपन हो ।

 यस्तै हाम्रो धर्म, संस्कृति, परम्परा र सामाजिक सद्भावलाई कायम राख्दै  आयोजक पक्ष अगाडि बढ्नु आफ्नो कर्तव्य एवं अधिकार पनि हो । अतः आज रातो मच्छिन्द्रनाथको रथयात्रा क्रममा भएको झडपका कारण घाइते हुनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै यसैक्रममा पक्राउ गरिएका सम्पूर्णलाई बिना शर्त रिहाइको माग गर्दछाैं।

साथै उनी यो ब्यवस्था र संविधानलाई नै चुनौती दिदै अगाडी भनेका छन कि,

धर्म-निरपेक्ष गणतन्त्र निभ्नै लागेको दियो र मर्ने बेलाको कमिला हो !

यी देश-द्रोही, जनघाती, देश-बेचुवा, नपुंसक, भ्रष्ट, लूटेरा, हत्यारा, फासिस्टहरुको शासन ब्यवस्थाले एक पछि अर्को गरि निरन्तर हाम्रो धर्म, संस्कृति, परम्परा, इतिहास माथी निर्मम प्रहार गरिरहेको थत्यलाई नकार्न सकिन्न, त्यसकारण अब यसको सफल शल्यक्रिया गर्न नितान्त जरुरी देखियो, अवशेष समेत नष्ट गर्नै पर्ने देखियो !

सम्पूर्ण वैदिक सनातन धर्मावलम्बीहरु एकजुट भई यी होलीवाईनका अवैध सन्तानहरु र तिनले जनता झुक्याई बिदेशी प्रभुहरुको ईसारामा तिनलाई नै खुशी पार्न लेखेका राष्ट्रघाती संविधान समेतलाई पशुपति आर्यघाट पुर्याउनै पर्ने आजको मुल-आवश्यकता हो ।

सम्बन्धित

ताजा अपडेट
जउवा संघको निर्वाचनमा अतिरिक्त मतपत्र फेला, असन्तुष्ट द्वारा प्रदर्शन, चार जना घाईते
प्रदेश २: संसदीय दलको नेतामा साह चयन, माओबादी छोडेका चार प्रदेशसभा सदस्यहरु माथि कारबाही
सीके राउत अझै ‘स्वतन्त्र मधेश’ गतिविधिमा संलग्न !

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]