ललितपुरमा भएको स्थानीय युवाहरु र प्रहरी प्रशासन बीचको झडपको सम्बन्धमा कडा प्रतिक्रिया दिदै विश्व हिन्दु महासंघले प्रेस विज्ञप्ति सरकारको कडा आलोचन गरेको छ, साथै विश्व हिन्दु महासंघका महासचिव अस्मिता भण्डारी द्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमा बनिएको छ,
सहकालका प्रतिक प्रसिद्ध रातो मच्छिन्द्रनाथको रथयात्राका क्रममा आज ललितपुरमा स्थानीय युवाहरू र प्रहरीबीच भएको झडपको घटनाप्रति विश्व हिन्दु महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।
अहिलेको कोभिड १९ को विषम परस्थितिमा पनि आयोजक गुठीले आफ्नो संस्कृति र परम्परालाई निरन्तरता दिने कार्य गरेकोप्रति सरकारले सहजिकरण गरिदिनु बुद्धिमता हुने थियो तर सरकारले त्यसो गर्ने अनुमती दिएन जुन दुखद् कुरा हो ।
यस्तै हाम्रो धर्म, संस्कृति, परम्परा र सामाजिक सद्भावलाई कायम राख्दै आयोजक पक्ष अगाडि बढ्नु आफ्नो कर्तव्य पनि हो । अतः आज रातो मच्छिन्द्रनाथको रथयात्रा क्रममा भएको झडपका कारण घाइते हुनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै यसैक्रममा पक्राउ गरिएका सम्पूर्णलाई बिना शर्त रिहाइको माग गर्दछाैं।