About Contact
१४ आश्विन २०७७, बुधबार
Close
बिज्ञापन
कञ्चनपुरको प्रमुख जिल्ला अधिकारीमा रामकुमार महतो

खोज केन्द्र बिहिबार, भाद्र १८, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

गृहमन्त्रालयले कञ्चनपुरमा रामकुमार महतोलाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएर पठाएको छ ।

सीमाको उचित व्यवस्थापन गर्न नसकेको, क्षेत्राधिकार भन्दा बाहिर गएको अभिव्यक्ति दिएकोमा प्रजिअ नुरही खतिवडा प्रति असन्तुष्ट गृह मन्त्रालयले आज बिहान उनलाई कञ्चनपुरबाट गृहमन्त्रालय तानेको हो । खतिवडाको ठाउँमा महतोलाई गृहमन्त्रालयले प्रजिअको जिम्मेवारी दिएर पठाएको हो । 

लोकसेवा आयोग मार्फत पियनबाट राष्ट्र सेवा सुरु गरेका रामकुमार महतो सहसचिव बन्न सफल भएका हुन् । 

धनुषा जिल्ला स्थायी घर भएका ४१ वर्षीय महतोले चार वटा विषयमा मास्टर्स गरेका छन् । उनी पियनबाट निजामती सेवा प्रवेश गरी सहसचिव हुन सफल अपवाद व्यक्ति हुन् ।

पियनदेखि सहसचिवसम्मको यात्रा । राष्ट्रसेवाको लागि पद मात्र ठूलो कुरा होईन । निष्ठापूर्वक सेवा र परिश्रम गर्दै गयो भने पद, प्रतिष्ठा र अवसर खोजी रहनु पर्दैन, आफैं आउँदो रहेछ , प्रजिअ महतोले सामाजिक सञ्जालमा लेखेका छन्, त्यति बेला मसँग एसएलसीको सर्टिफिकेट मात्र थियो, अहिले ४ वटा बिषयमा मास्टर्स (अर्थशास्त्र, समाजशास्त्र राजनीतिशास्त्र र जनप्रशासन  र एलएलबी ) गरी सहसचिव पदमा नियुक्त भएको छु । 

लोक सेवा आयोगप्रति हार्दिक आभार र उच्च सम्मान प्रकट गर्दछु, फेसबुक वालमा  महतो लेख्छन्, पथ प्रदर्शक र सुभेच्छुक सबैप्रति आभारी छु । देशको सेवा गर्ने महत्वपूर्ण जिम्मेवारी प्राप्त भएको छ । निष्ठापूर्वक सेवामा समर्पित हुने नै छु ।

सम्बन्धित

ताजा अपडेट
प्रदेस २: ‘रियल टाइम’ पीसीआर मेसिन खरिदमा करोडौं भ्रष्टाचार
सर्लाहीमा गैरकानूनी रुपमा सञ्चालन १६ क्रसर उद्योग बन्द
नेपाल रेल्वे: १२९ कर्मचारीको लागि ३२ हजार आवेदन

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]