एमालेका प्रभावशाली नेता तथा पूर्वमन्त्री रघुविर महासेठले मिथिला नगरपालिका र बटेश्वर गाउँपालिकामा जस्तापाता बितरण गरेका छन ।
कोरोना कहरमा पनि पुर्व मन्त्री महासेठ द्वारा जस्तापाता ल्याएर असिनापानी र हावाहुरीबाट पीडित मिथिला र बटेश्वर गाउँपालिको २ हजार १ सय ४४ घर परिवारलाई हस्तान्तरण गरेका हुन ।
नेकपा प्रभावशाली नेता स्थायी कमिटी सदस्य , धनुषा निर्वाचन क्षेत्र .४ बाट निर्वाचित पुर्व मन्त्री महासेठले अभिभाक्तव्य भुमिका निर्वाह गर्दै केन्द्र सरकारबाट निर्णय र उपलब्ध गराएर मिथिला नगरपालिका र बटेश्वर गाउँपालिकामा बैशाख १२ गते असिनापानी र हावाहुरीबाट पुर्नरुपले क्षतिग्रस्त पीडित घरपरिवारलाई प्रत्येक एक घरलाई २ ब्यान्डल २४ पिसको दरले बितरण गरेका हुन ।
कोरोनाको कहर हुदाहुदै पनि सामाजिक दुरि र कोरोना महामारीलाई मध्यनजर गर्दै प्रदेश सभा सदस्य शत्रुधन महतो , प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भटराई , जिल्ला प्रहरी प्रमुख रमेश बस्नेत , शस्त्र प्रहरी प्रमुख नरेन्द्र सेन , रास्ट्र अनुसन्धानको बिमल , मिथिला नपाको मेयर हरि नारायण महतो , बतेश्वर गाउँपालीका अध्यक्ष डम्बर बहादुर राय , मिथिला बिहारी नपा मेयर अनिल कुमार यादव , पीडित परिवार , नेकपाका नेता कार्यकर्ता लगायत सिमित सम्बन्धि जनसमुदायको उपस्थितमा ल्याएर बितरन गरेका हुन ।