About Contact
०३ जेठ २०७९, मंगलबार
Close
बिज्ञापन
बलात्कारका आरोपमा पक्राउ

खोज केन्द्र मंगलबार, भाद्र १६, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

बाँके : जिल्लाको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मरशाह बाबा दरगाह सरिफ मजारका फकिर बलात्कारको अभियोगमा पक्राउ परेका छन् ।

रातका समयमा झारफुक गर्ने बहानामा बोलाएर बलात्कार गरेको आरोप लगाउँदै महिलाहरुको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक सुभाष खड्काले बताउनुभयो ।

उहाँले भन्नुभयो, “बलात्कारको अभियोगमा हजरत कम्मरशाह बाबा दरगाहा सरिफ मजारमा लामो समयदेखि झारफुकसमेत गर्दै आएका फकीर नजिर मोहम्मद साईले झारफुक गर्ने बहानामा दुई महिलालाई बलात्कार गरेको उजुरी परेपछि अनुसन्धानका लागि पक्राउ गरेका छौँ ।” महिलाहरु यही भदौ १० गते राति नेपालगन्जबाट झारफुकका लागि हजरत कम्मरशाह बाबा दरगाह सरिफ मजारमा गएका थिए ।

पीडित महिलाले जिल्ला प्रहरी कार्यालयमा दिएको जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय कम्दीबाट खटिएको प्रहरी टोलीले ४० वर्षीय साईलाई पक्राउ गरेको थियो । अभियुक्तलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रनाउ खड्काले बताउनुभयो ।

सम्बन्धित

ताजा अपडेट
धनुषा: जनकनन्दिनी गाउँपालिकामा जसपाका अध्यक्ष र कांग्रेसका उपाध्यक्ष निर्वाचित
धनुषाको धनौजी र नगराइनमा मतगणना स्थगित, धनौजी तनावग्रस्त, सेना परिचालन
क्षिरेश्वरनाथमा एमालेका उम्मेदबार सुखदेवको अग्रता

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]