About Contact
३० चैत्र २०७७, सोमबार
Close
बिज्ञापन
प्रदेश २: पीसीआर खरिदमा ७५ लाख अनियमितता, सस्तो प्रस्ताव पन्छाएर महँगोमा पीसीआर खरिद

खरिद प्रक्रिया सम्बन्धी स्पष्टीकरण मांग

खोज केन्द्र मंगलबार, भाद्र १६, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

प्रदेश नम्बर २, समाजिक विकास मन्त्रालय, प्रदेस स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र जनकपुरले सस्तो प्रस्ताव पन्छाएर महँगोमा पीसीआर खरिद प्रक्रिया आगाडी बढाएको छ ।

प्रदेस सरकारको निर्देशनमा खरिद गर्न लागेको पीसीआर मेशिन एण्ड एक्स्ट्रयाक्सन सहितका स्वास्थ्य सामग्री अनियमित तरिकाले किन्न लगेको तथ्य बाहिरिएको हो ।

प्रदेस स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र जनकपुरले झण्डै १० लाख बढी रकम तिर्ने गरी भएको सम्झौताप्रति केन्द्रकै उच्च अधिकारीले प्रश्न उठाएका छन् । प्रदेस स्वास्थ्य आपूर्ति व्यवस्था केन्द्र जनकपुरले कोभिड–१९ परीक्षणको पीसीआर ( रियल टाईम मेशिन) र एक्स्ट्र्याक्सन खरिद सम्झौतामा अनियमितता गरेको भेटिएको छ ।

आपूर्ति व्यवस्थापन केन्द्र ले साउन २९ गते कोरोना महामारी रोकथाम तथा नियन्त्रणार्थ सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६६ र सार्वजनिक खरिद नियन्त्रण २०६४ को नियम १४५ बमोजिम बिशेष परिस्थिति मा खरिद हुने सम्बन्धी ब्यबस्था अनुरुप औजार उपकरन खरिदको लागि सात दिने सूचना प्रकाशन गर्यो । उक्त सूचना बमोजिम भदै ४ गते दर्ता भएका ३ वटा बिडहरु मध्ये पीसीआर ( रियल टाईम मेशिन) र एक्स्ट्र्याक्सन प्याकेज -१ मा सबै भन्दा न्यून रकम अंक भरेका सर्जिकल संग खरिद नगरेर बढी रकम अंक प्रस्ताव गरेका कम्पनि संग खरिद गर्न लागेको हो ।

पीसीआर मेशिन र एक्स्ट्र्याक्सन प्याकेज -१ को बोलपत्र बमोजिम र्‍यापिड सर्जिकल सप्लायर्स काठमाडौंले मू अ कर बाहेक ६७ लाख ८१ हजार २ सय ५० रुपैयाँमा उपलब्ध गराउन प्रस्ताव गरेको थियो । तर केन्द्रले प्याकेज -१ को मूल्याङ्कन गर्दा जेएचएस एनालाईटिक ट्रेडर्स, भाटभटेनी काठमाडौंलाई मू अ कर बाहेक ७५ लाख पच्चीस हजार ५० रुपैयाँमा खरिद गर्न लागेको कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ ।

 

सार्वजनिक खरिद ऐन २०६३ को दफा २७ को उपदफा (२) को बमोजिम बोलप्त्र स्वीकृत गर्ने प्राबधान बिपरित सस्तो प्रस्ताव पन्छाएर महँगोमा पीसीआर खरिद गर्न लागिएको सूचनाबाट प्रष्ट हुन्छ । केन्द्रले साउन ११ गते निकालेको सूचना १२ गते देखि लागु हुने गरी २ दिने आश्यको सूचना प्रकाशन गरेको छ ।

सस्तो दरमा खरिद गर्ने प्रस्ताव पन्छाएर केन्द्रले १० लाख रुपैयाँ बढी मूल्य तिर्न खोजेको देखिन्छ । यसअघि पनि स्वास्थ्य सामग्री खरिद अनियमितता विवादमा पर्दै आएको छ । अनियमितता गरिएको भन्दै केन्द्रका कर्मचारी असन्तुष्ट छन् ।

महँगो मूल्य हालेर अर्को कम्पनीबाट खरिद गर्दैछ,’ स्रोतले भन्यो । नियम मिचेर सामग्री खरिद गर्न केन्द्रका निर्देशक डा. प्रमोद कुमार यादवले जारी गरेको सूचनाले प्रष्ट भएको र्यापिडको तर्क छ ।

टेन्डर आह्वान गर्दा सामग्रीमा हुनुपर्ने सबै विशेषता मिल्दामिल्दै कमिसनका लागि अर्को कम्पनीबाट महँगो मूल्य हालेर किट खरिद गरेको भन्दै केन्द्रका उच्च तहका कर्मचारी नै रुष्ट छन् ।

यस विषयमा केन्द्रका निर्देशक डा. यादव सँग संवाद गर्न खोज्दा व्यस्त भएको र कुरा गर्न फुर्सद नभएको जवाफ दिए ।
उनले भने, ‘यस्ता विषयमा हामीलाई बोल्न अनुमति छैन, फुर्सद पनि छैन ।’

खरिद प्रक्रिया सम्बन्धी स्पष्टीकरण मांग

केन्द्रले आह्वान गरेको पीसीआर मेशिन र एक्स्ट्र्याक्सन प्याकेज -१ को बोलपत्र बमोजिम जम्मा ३ कम्पनि सहभागी थिए ।

प्रस्तावित बोलपत्र सबै भन्दा न्यून रकम अंक रहेको साथै प्राबिधिक पक्षमा पनि मांग भए बमोजिम सबै बुंदाहरु मिल्ने भएकाले के कति कारणले प्रस्ताव अयोग्य ठहरिएको स्पष्ट गर्न र्यापिड सर्जिकलले केन्द्रसंग माग गरेको छ ।

सम्बन्धित

ताजा अपडेट
प्रदेस २: एमालेमा गएका चार सांसद पदमुक्त
मिथिला लघुवित्तको सञ्चालकमा मन्दिरा आचार्य निर्वाचित
बन्ने भो सहिद नितु यादव स्मृति भवन, भौतिक मन्त्री सोनलद्वारा शिलान्यास

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]