About Contact
०२ आश्विन २०७८, शनिबार
Close
बिज्ञापन
भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन

खोज केन्द्र सोमबार, भाद्र १५, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन भएको छ ।

मुखर्जीको सोमबार दिल्लीस्थित आर्मी अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनी ८४ वर्षका थिए ।

प्रणवपुत्र अभिजितले ट्विट गर्दै अथक प्रयासका बावजुद आफ्ना पितालाई बचाउन नसकेको जनाएका छन् ।
‘भारी मन लिएर भन्दैछु कि आर आर अस्पतालका चिकित्सकहरूको अथक प्रयास,  शुभेच्छुक देशका नागरिकहरूको कामनाबीच मेरा पिता श्री प्रणव मुखर्जीको भर्खरै निधन भएको छ ,’ प्रणवपुत्र अभिजितले ट्विटरमा लेखेका छन् ।

मुखर्जीको फोक्सोमा संक्रमण भएको थियो । पछिल्लो समय उनमा कोरोना भाइरसको संक्रमण पनि पुष्टि भएको थियो । उनलाइ काेमामा राखेर भेन्टिलेटरकाे सहायताले उपचार गरिएकाे थियाे । तर चिकित्सककाे प्रयासले सफलता पाउन सकेन ।

उनको मृत्युको मुख्य कारण कोरोना थियो वा अरू भन्नेबारे केही बताइएको छैन ।

मुखर्जीको जन्म सन् १९३५ डिसेम्बर १९ मा भारतको बंगाल राज्यमा भएको थियो । सन् २०१२ मा उनी भारतका राष्ट्रपति बन्न सफल भएका थिए । उनी आफ्नो ५ वर्षे कार्यकाल कुशलतापूर्वक निर्वाह गरेर सन् २०१७ मा बिदा भएका थिए ।

भारतीय कांग्रेसका वरिष्ठ नेता रहेका मुखर्जी नेपालसँग राम्रो सम्बन्ध भएका उच्च पदस्थ नेतामध्ये एक थिए ।

सम्बन्धित

ताजा अपडेट
भारत सरकारद्वारा ४२ लाख बराबरको राहत सामग्री रुपन्देहीका बाढिपहिरो पीडितलाई
संसोधन पछि मात्र एमसिसि पास हुन्छ : प्रचण्ड
क्षिरेश्वरनाथ नगरपालिकामामा भ्रष्टाचारको चांङ्ग, साढे ९ करोड बेरुजु

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]