About Contact
३० चैत्र २०७७, सोमबार
Close
बिज्ञापन
माटाको भाँडो बनाउनेको ब्यथा

खोज केन्द्र सोमबार, भाद्र १५, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

कोभिड–१९ बाट जोगिन लगाइएको बन्दाबन्दी चार महीनापछि साउनको पहिलो साता खोलिए पनि निषेधाज्ञा जारी रहेकोले महोत्तरीको जलेश्वरमा माटोले बनाइएका सामग्री बनाउनेहरु समस्यामा छन् ।

तीज तथा मिथिलाञ्चलमा मनाइने चौथीचाँद पर्वको लागि माटोको भाँडो (कन्तरी) मा दही राख्ने परम्परा छ । माटोको भाँडो बनाउन कुम्हार (पण्डित) जातिका महिला तथा पुरुषहरु दिनरात खटिन्छन् । तर, अहिले सामान बेच्ने अवस्था पहिले जस्तो नभएको जलेश्वरकी शोभा पण्डित बताउँछिन् ।

सानो माटोको भाँडा २० रुपैयाँ तथा ठूलो भाँडा ४० रुपैयाँसम्ममा बिक्री हुने गर्छ । बजारमा यी सामान बिक्री गर्न समस्या भएकाले गाउँटोल डुलेरै ग्राहकको घरसम्म पुर्याउने गरेको उनले बताइन् ।

जलेश्वर बजारमा माटोको कन्तरी, दियो, ढकना, घैँटो, तौला, कुलियासहितका सामग्री नियमित रुपमा बेच्ने २० परिवार छन् ।

यी समुदायका महिला तथा पुरुष सोमबार र बिहीवार जलेश्वर हाटबजारमा माटोको सामग्री बेच्ने गर्छन् । यो हाटमा दुई दशक अघिसम्म माटाका सामग्रीको छुट्टै बजार नै लाग्थ्यो । तर, यो अहिले एउटा कुनामा खुम्चिएको छ । बन्दाबन्दीमा त त्यो पनि सम्भव छैन ।

बजारमा प्लास्टिक तथा अन्य धातुका सामान प्रशस्त आए पनि पर्व त्यौहारका लागि माटोले बनेका सामग्री नै अहिलेसम्म स्थानीयको प्राथमिकतामा परेको छ । यसले शोभा जस्ता साना व्यवसायीलाई थोरै भए पनि राहत दिएको छ।

माटोका सामग्री बनाउन सही माटो छनाेट र सही आकृति बनाउन निकै मिहिनेत गर्नुपर्छ ।  त्यसैले नयाँ पुस्तामा यी सामान बनाउन खासै रुचि देखिंदैन ।

‘अबको पुस्ताले माटोका सामान बनाउने सीप सिके पनि अभ्यास गर्न रुचाएका छैनन्’, शोभाको भनाइ छ ।

राष्ट्रिय जनगणना २०६८ मा कुम्हार जातिको  कुल जनसंख्या ६२ हजार ३९९ छ ।

सम्बन्धित

ताजा अपडेट
जउवा संघको निर्वाचनमा अतिरिक्त मतपत्र फेला, असन्तुष्ट द्वारा प्रदर्शन, चार जना घाईते
प्रदेश २: संसदीय दलको नेतामा साह चयन, माओबादी छोडेका चार प्रदेशसभा सदस्यहरु माथि कारबाही
सीके राउत अझै ‘स्वतन्त्र मधेश’ गतिविधिमा संलग्न !

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]